शहिद परिवारका १६ जनालाई प्राधिकरणमा रोजगारी
सारांश
- नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारका १६ सदस्यलाई करार सेवामा रोजगारी दिएको छ।
- सरकारको निर्णय कार्यान्वयन गर्दै प्राधिकरणले पहिलो चरणमा शहीद परिवारका सदस्यहरूलाई शैक्षिक योग्यताका आधारमा विभिन्न कार्यालयमा नियुक्त गरेको हो।
- प्राधिकरणले शहीद परिवारका सदस्यलाई बढीमा तीन तहसम्मको पदमा करार सेवामा नियुक्त गर्न सक्ने व्यवस्था गरेको छ।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारका १६ सदस्यले करार सेवामा रोजगारी पाएका छन्। शहीद परिवारका सदस्यहरूलाई रोजगारी उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयन गर्दै प्राधिकरणले पहिलो चरणमा १६ जनालाई करारमा नियुक्त गर्दै रोजगारी दिएको हो।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूका परिवारलाई राहत तथा रोजगारी उपलब्ध गराउने सरकारको निर्णयअनुसार नियुक्ति गरिएको हो। सरकार र आन्दोलनका प्रतिनिधिबिच भएको सम्झौताअनुसार पहिलो चरणमा उनीहरूलाई शैक्षिक योग्यताका आधारमा प्राधिकरणका विभिन्न कार्यालयमा नियुक्त गरिएको हो।
प्राप्त निवेदन र शैक्षिक योग्यताको मूल्याङ्कनपछि उनीहरूलाई पायक पर्ने कार्यालयमा नियुक्त गरिएको छ। प्राधिकरणले शहीद परिवारका सदस्यलाई बढीमा तीन तहसम्मको पदमा करार सेवामा नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ।
प्रारम्भिक चरणमा प्राप्त २७ वटा निवेदनमध्ये आवश्यक प्रक्रिया पूरा गरेका १६ जनाले नियुक्ति दिएको प्राधिकरणले जनाएको छ। बाँकी निवेदनमाथि आवश्यक प्रक्रिया जारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगल र कङ्गोबिचको रोमाञ्चक खेल बराबरीमा समाप्त
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण