इन्जिनियरलाई नगरपालिका पिच्छे नियम, कारण सहित उपस्थित हुन सर्वोच्चको आदेश
काठमाडौं– इन्जिनियरिङ काउन्सिलमा दर्ता भएका इन्जिनीयरहरुले बनाएको नक्सा काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकाले ‘हाम्रो आफनै नियम छ’ भन्दै अस्विकार गरेपछी सर्वोच्च अदालतमा परेको रिट उपर सुनुवाई गर्दै न्यायाधिश देवेन्द्र गोपाल श्रेष्ठले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेका छन् ।
२०७३ पुस ११ गते पाँचजना इन्जिनियरले इन्जिनिरिङ काउन्सिलमा दर्तावाल ईजिनीयरहरुले बिना रोकतोक जुनसुकै नगरपालिका (स्थानिय निकाय) मा काम गर्न पाउनुपर्ने भन्दै सर्वोच्च आलतमा रिट हालेका थिए ।
काठमाडौं महानगरपालिका, वुढानिलकण्ठ नगरपालिका, इन्जिनियरिङ परिषद् र संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयलाई विपक्षी बनाएर परेको रिट उपर सुनुवाई गर्दै न्यायाधिश श्रेष्ठको एकल ईजलासले विपक्षीलाई १५ दिनभीत्र अग्राधिकार सहित कारण देखाउ आदेश जारी गरेको हो । नेपाल इन्जिनियरिङ परिषद् ऐन २०५५ ले परिषद्मा दर्ता भएका इन्जिनियरले यो ब्यवसाय गर्न पाउने ब्यवस्था भएपनी बुढानिकलण्ठ नगरपालिकाले आफ्नो कार्यालयमा सूचीकृत नभएका इन्जिनियरले बनाएको नक्सा मात्रै स्वीकृत गर्ने गरेको थियो । त्यस्तै काठमाडौं महानगरपालिकाले पनि स्थानिय स्वायत्त शासन ऐन २०५५ को मर्म विपरीत आर्थिक बर्ष २०५०÷५१ सालदेखी नै महानगरपालिकाबाट पुर्व स्वीकृति लिएका डिजाइनहरुले बनाएको नक्सामात्रै स्वीकृत गर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
-
सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण