नेपाली र जापानी कलाकारको संगम : बाँसुरीको धुनमा लठ्ठिए दर्शक
काठमाडौं – नेपाल/जापानका कलाकारले पस्किएका बिभिन्न बाँसुरी धुनमा दर्शक लठ्ठ पारेका छन् । आईतबार बेलुका जमलको नाचघर पेक्षालयमा आयोजित कार्यक्रममा एक घन्टा ४५ मिनेट बिभिन्न बाँसुरीको धुन प्रस्तुत भए ।
चौतारी व्याण्डका कलाकार पञ्च लामाले आफ्ना विविध बाँसुरी धुनबाट दर्शकलाई मन्त्र मुग्ध पारे, भने उनीसँगै श्रवण लामाले तबला÷मादल तथा जापानी कलाकार तेराकादो मित्सुगुले गीटारको धुनले दर्शक रिजाए ।
पञ्चले मनकामना धुनबाट सुरु भएको कार्यक्रम हिमालय सूर्यदयको धुन हँुदै जापानी धुन ‘टोकियो रात्रीकालिन धुन’ र ‘समुन्द्रको छाल धुन’सम्म सुनाए । कार्यक्रममा ए कान्छा...र सिन्धुपाल्चोक...लगायतका धुन गुन्जिदा दर्शकलाई छमछमी नाचे ।
कार्यक्रममा पञ्च, श्रवण र तेराकादोले १८ ओटा धुनहरु प्रस्तुत गरे । उनीहरुले चर्चित नेपाली धुन रेसम फिरीरी...प्रस्तुत गर्दा दर्शकले तालीले साथ दिएका थिए । यस्तै लोक झ्याउरे भाकाको धुन पस्कँदा पनि उनीहरुले दर्शकबाट निरन्तर ताली पाए । अत्यमा उनीहरुले ‘आकाश राजमार्ग’ शिर्षकको धुन सुनाए ।
उनीहरुले जापानी धनु प्रस्तुत गर्दा पछाडी पर्दामा प्रजेक्टरबाट देखाईएको जापानका सुन्दर दृष्य र नेपालका विभिन्न धुन प्रस्तुत गर्दा नेपालका विभिन्न स्थानका सुन्दर दृष्यले कार्यक्रमको आकर्षण बढायो ।
दुई दशक देखि जापानमा बसेर त्यहाँका विभिन्न कार्यक्रममा नेपाली धुन पस्कँदै गरेका कलाकारद्धय पञ्च लामा र श्रमण लामा आईतबार नाचघरको मञ्चमा विविध साँगीतिक धुन लिएर प्रस्तुत भएका हुन् । सांस्कृतिक सँस्थान (राष्ट्रिय नाचघर)ले जापानमा चर्चित चौतारी व्याण्डका कलाकार पञ्च, श्रबण र जापानी कलाकार तेराकोदा मित्सुगुलाई नेपाल बोलाएर चौतारी साँझमा उतारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
-
सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण