कसको पोल्टामा पर्ला फिफा वर्ष खेलाडी ?
जुरिच – फुटबलको नियामक निकाय फिफाले आज वर्ष खेलाडीको घोषणा गर्दैछ । सोमबार जुरिचमा हुने समारोहमा एथ्लेटिको म्याड्रिडका एन्टोनी ग्रिजमान, रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनेल मेस्सी पुनः एक पटक आमनेसामने छन् ।
गत महिना बालोन डि’ओर अवार्डमा मेस्सी र ग्रिमानलाई पछि पार्दै रोनाल्डोले चौँथो पटक उपाधिमाथि कब्जा जमाएका थिए ।
गत वर्ष फ्रान्स फुटबलसँग ६ वर्ष लामो सहकार्य तोड्दै फिफाले आफै पुरस्कार वितरण गर्ने बताएको थियो । त्यही भएर वर्षका उत्कृष्ट खेलाडीलाई ‘फिफा बालोन डि’ओर’ भनेर एकै पटक दिइने पुरस्कार यस वर्षदेखि फरक–फरक गरी दुई पटक दिइनेछ ।
यस वर्षको फिफा वर्ष खेलाडीको उपाधिमा पनि रोनाल्डोले कब्जा जमाउने अनुमान गरिएको छ ।
त्यस्तै, आजको समारोहमा वर्षको उत्कृष्ट महिला फुटबल खेलाडी, प्रशिक्षकलाई पनि पुरस्कृत गरिनेछ ।
उत्कृष्ट प्रशिक्षकको होडमा लेस्टरलाई प्रिमियर लिगको उपाधि दिलाएका क्लाउडियो रानिएरी, पोर्चुगललाई युरो कपको उपाधि दिलाएका फर्नान्डो सान्तोष र रियललाई च्याम्पियन्स लिगको उपाधि दिलाएका जिनेदिन जिदान रहेका छन् ।
राष्ट्रिय टोलीका कप्तान, प्रशिक्षक र केही खेल पत्रकारहरुले विजेताको लागि मतदान गरेका छन् । यस वर्षदेखि पहिलो पटक अनलाइन भोटिङको पनि व्यवस्था गरिएको छ ।
हरेक श्रेणीबाट २५ प्रतिशत अंक जोडिनेछ ।
त्यस्तै, आजको समारोहमा वर्षको उत्कृष्ट गोललाई पुस्कास अवार्ड तथा उत्कृष्ट फ्यानको अवार्ड पनि दिइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
-
सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण