पृथ्वीनारायणको योगदान सम्झनु उपयुक्त : उपराष्ट्रपति पुन
सोमबार, २५ पुस २०७३, १३ : ५७
काठमाडौँ - उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहबाट भएको योगदान सम्झनु उपयुक्त भएको बताएका छन् ।
‘राष्ट्रिय एकता दिवस’का अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते आयोजना गर्ने चियापान कार्यक्रममा निमन्त्रणा दिन गएको प्रतिनिधिमण्डलसँग उनले उक्त विचार व्यक्त गरेका हुन् । सो पार्टी २७ गते भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्दैछ । पार्टीले आइतबार राष्ट्रपतिलाई भेटी निमन्त्रणा दिएको थियो ।
[caption id="attachment_41436" align="alignleft" width="840"] उपराष्ट्रपति नन्दबहादुर पुन[/caption]सो अवसरमा समसामयिक राजनीतिबारे कुराकानी भएको भेटमा सहभागी पार्टीका प्रमुख सचेतक दीलनाथ गिरीले जानकारी दिए ।
राप्रपाले संविधान संशोधन विधेयकलाई यथास्थितिमा अघि बढाउनुभन्दा सबैको सहमति हुने गरी निकास खोज्न आग्रह गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
-
सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण