बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सहमतिपछि महासङ्घ कार्यालयमा लागेको ताला खुल्यो

सोमबार, २५ पुस २०७३, ०८ : ५८
सोमबार, २५ पुस २०७३

म्याग्दी - नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाको कार्यालयमा भएको तालाबन्दी सोमबार खुलेको छ ।

महासङ्घको शाखाका पदाधिकारी र जिल्लामा क्रियाशील पत्रकार सङ्गठनका प्रतिनिधिको उपस्थितिमा भएको छलफलमा दुईबुँदे सहमति भएपछि नेपाल प्रेस युनियनले लगाएको ताला खुलेको हो । सरकारी कर्मचारी, स्थायी शिक्षक र राजनीतिमा क्रियाशील व्यक्तिलाई शाखाले महासङ्घको साधारण सदस्यका लागि सिफारिस गरेको र क्रियाशील पत्रकारलाई पन्छाउन खोजेको भन्दै युनियनले तालाबन्दी गरेको थियो ।

सरकारी कर्मचारी र स्थायी शिक्षकलाई साधारण सदस्यताका लागि गरिएको सिफारिस रोक्ने र छुटेका क्रियाशील पत्रकारलाई समेटेर थप सिफारिस गर्ने सहमति भएको नेपाल पत्रकार महासङ्घका अध्यक्ष सुरत केसीले बताए । सहमति भएअनुसार महासङ्घको कार्यालयमा लगाइएको ताला खोलेको प्रेस युनियन म्याग्दीका सभापति गोपाल छन्त्यालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप