स्वदेश फिर्तीका लागि भुटानी शरणार्थीको अपिल
दमक - भुटानी शरणार्थीको संस्था नेसनल रिकन्सिलेसन कमिटीले स्वदेश फिर्तीका लागि पहल गरिदिन भन्दै शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोगसमक्ष अपिल गरेको छ ।
कमिटीले आज एक विज्ञप्ति जारी गरी अढाइ दशकदेखिको कष्टप्रद शरणार्थी बसाइको अन्त्य गर्दै स्वदेश फर्किन चाहनेलाई स–सम्मान तथा सुरक्षित स्वदेश फिर्तीका लागि सहयोग गरिदिन आग्रह गरेको हो । तेत्तीस शरणार्थीको हस्ताक्षर रहेको अपिलपत्र उच्चायोगको जेनेभास्थित कार्यालयमा पठाइएको कमिटी संयोजक कृष्णवीर तामाङले जानकारी दिए ।
कमिटीले स्वदेश फिर्तीका लागि निरन्तर सङ्घर्ष गर्दै आए पनि शरणार्थीलाई विभिन्न मुलुकमा पुनर्वास गराएर छिन्नभिन्न बनाएको आरोप पनि लगाएको छ । पुनर्वास कार्यक्रमअन्तर्गत भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्वास गराउने काम अन्त्यतिर आइपुग्दा स्वदेश फिर्तीका लागि उच्चायोग नै अन्तिम विकल्प भएको ती शरणार्थीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
शरणार्थी शिविरमा शरणागत जीवन बिताउँदै आएकालाई रासन–पानीसमेत बन्द गरिएकामा पनि कमिटीले आपत्ति जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
-
सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण