अर्जेन्टिनामा मेस्सीको मुर्ति तोडफोड
मङ्गलबार, २६ पुस २०७३, १३ : २०
ब्युनोस आयर्स –अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको मुर्ति तोडफोड गरी ध्वस्त बनाइएको छ ।
अर्जेनिटनाको राजधानी ब्युनोस आयर्समा स्थापना गरिएको उक्त मुर्ति अज्ञात व्यक्तिद्वारा तोडफोड गरिएको हो ।
कोपा अमेरिकाको फाइनलमा पराजय पश्चात सन्यासको घोषणा गरेका मेस्सीलाई पुनः टोलीमा फर्काउन आग्रहसहित सन् २०१६ मा सहरका मेयर होरासियो रोड्रिगेज लारेटाले अनावरण गरेका थिए ।
रियो डि ला प्लाटाको तटमा रहेको उक्त मुर्तिको कम्मरमाथिको भाग भाँचिएको छ ।
उक्त मुर्तिको पुनःनिर्माण शुरु गरिएको सहरका मेयरले जानकारी दिएका छन् ।
यसअघि क्रिस्टियानो रोनाल्डोको मुर्तिमा पनि मेस्सीका समर्थकले तोडफोड गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
-
विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस
-
सगरमाथा आरोहण गर्ने निलमको गुनासो, ‘ट्रान्स भएकै कारण स्पोन्सरले सिधै अस्वीकार गरे’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण