दोस्रो विश्वयुद्धको शुरुवातको ‘न्युजब्रेक’ गर्ने पत्रकारको निधन
हङकङ – दोस्रो विश्वयुद्धको शुरुवात मानिएको पोल्याण्डमा नाजीहरुको हमलाको समाचार ब्रेक गर्ने भेटरान बेलयाती युद्ध पत्रकार क्लार होलिङवर्थको १ सय ५ वर्षको उमेरमा हङकङमा निधन भएको छ ।
सन् १९११ मा लेस्टरमा जन्मिएकी होलिङवर्थले दोस्रो विश्वयुद्धको कारक मानिएको पोल्याण्ड र जमर्नीबीचको युद्धको पहिलो रिपोर्ट प्रस्तुत गरेकी थिइन् ।
‘शताब्दीकै स्कूप समाचार’ मानिएको रिपोर्ट दिँदा उनी डेली टेलिग्राफमा स्टिन्जर पत्रकारको रुपमा काम गर्दै थिइन् ।
सन् १९३९ मा पोल्याण्डबाट जमर्नीतर्फ जाँदा उनले पोल्याण्डको सीमामा जर्मन सैनिकहरु भेला भइरहेको देखेकी थिइन् ।
त्यसपछि टेलीग्राफमा ‘पोलिस सीमामा १ हजार ट्यांक, सेनाको १० डिभिजन आक्रमणको लागि तयार’ नामक शीर्षकमा समाचार छापिएको थियो ।
उक्त समाचारमा उनको नाम भने थिएन् । त्यतिबेला समाचारहरुमा पत्रकारको नाम राख्ने चलन थिएन ।
त्यसको तीन दिनपछि नाजीहरुले आक्रमण गरेको पहिलो समाचार पनि उनले नै ब्रेक गरेकी थिइन् ।
त्यसपछि सन् १९६३ मा बेलायती गुप्तचर किम फिल्बीको बारेमा द गार्जियनमा उनले सनसनीपूर्ण समाचार छापेकी थिइन् ।
उनी युद्धको रिर्पोटिङ गर्न भियतनामदेखि अल्जेरिया र मध्य पूर्वसम्म पुगेकी थिइन् ।
पत्रकारबन्न अघि उनले हिटलरको सेनाबाट धेरैको ज्यान जोगाउन मद्दतसमेत गरेकी थिइन् । होलिङवर्थले उनीहरुलाई बेलायतको भिसा दिलाउन सहयोग गरेकी थिइन् ।
उनले मद्दत गरेकी मार्गो स्टानयेरले उनलाई ‘सही समयमा सही ठाउँमा पुग्ने महिला’ भनेर सम्झिइन् ।
सन् १९४६ मा जेरुसेलमस्थित किङ डेभिड होटलमा बम खस्दा उनी बालबाल बचेकी थिइन् । त्यतिबेला १ सय जना मानिस मारिएकोमा उनी घटनास्थलबाट मात्र ३ सय यार्डको दुरीमा थिइन् ।
सन् १९९४ मा उनी जेम्स क्यामरुन अवार्ड फर जर्नालिजमबाट सम्मानित भएकी थिइन् । त्यस्तै सन् १९९९ मा उनलाई वाट द पेपर्स से अवार्डमा लाइभटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो ।
१९७० को दशकमा बेइजिङमा बसेर काम गरेकी उनले आफ्नो जीवनको पछिल्लो ४ दशक हङकङमा बसेर बिताएकी थिइन् ।
गत अक्टोबरमा उनले १ सय ५ औँ जन्म दिन मनाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
-
प्रस्तोता एस्ले केनका महिलाविरोधी अभिव्यक्ति, बीबीसी पनि तानियो विवादमा
-
नेपालमा मनसुन आगमनमा ढिलाइ: ‘एल–निनो’का कारण कम वर्षा र उच्च तापक्रमको जोखिम
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण