बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए

बुधबार, ०३ असार २०८३, २० : १२
बुधबार, ०३ असार २०८३

पाकिस्तान ।  पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी)ले सञ्चालन गरेको गुप्तचर सूचनामा आधारित कारबाहीमा तीन जना विद्रोही मारिएका छन् ।

प्रहरीले बुधबार जारी गरेको विज्ञप्तिअनुसार सुरक्षा निकायले विद्रोहीले आक्रमणको योजना बनाइरहेको तथा कानून प्रवर्तन निकायका कर्मचारीको आवागमनमा अवरोध पु¥याउन चेकपोस्ट स्थापना गरेको सूचना प्राप्त गरेपछि कोहट जिल्लाको शकरदरा रोड क्षेत्रमा उक्त कारबाही सञ्चालन गरिएको हो ।

सुरक्षा टोली घटनास्थलमा पुगेपछि विद्रोहीले गोली चलाएका थिए । त्यसपछि भएको दोहोरो भिडन्तमा तीन जनामारिएका थिए भने उनका केही सहयोगी फरार भएका थिए ।

विज्ञप्तिअनुसार सुरक्षा बलले मारिएका विद्रोहीबाट तीनवटा राइफल, नौवटा म्यागजिन तथा ठूलो परिमाणमा गोलीगठ्ठा बरामद गरेको छ । मृतकको पहिचान गर्ने प्रयास भइरहेको जनाइएको छ ।

फरार भएका संदिग्धको खोजी तथा पक्राउका लागि खोजी अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप