चिसोले औंला सुन्निन्छन् ? भान्छाका यी सामानले गर्नुहोस् समस्या समाधान
तपाईंमध्ये धेरैलाई वा परिवारका कुनै सदस्य, साथीभाइको हात खुट्टाका औंला चिसोका कारण सुन्निने गर्दछ । औंलाहरु सुन्निने, रातो हुने, पोल्ने र चिलाउने समस्या जाडोयाममा निम्तिने गर्दछन् । अत्यधिक चिसो र प्रभावित भागका नसाहरु खुम्चिने भएकाले यस्तो हुने गर्दछ । यसले रक्तसंचारमा पनि प्रतिकूल प्रभाव पार्ने गर्दछ । यदि तपाईं पनि जाडोयाममा यस्तै समस्यासँग जुधिरहनु भएको छ भने तपाईंको भान्छामा भएका यी सामानहरुले तपाईंको मद्दत गर्न सक्छन् ।
तोरीको तेलः
चार चम्चा तोरीको तेलमा बिरे नुन मिसाएर तताउनुहोस् । राती यो तेललाई औंलामा लगाउनुहोस् र मोजा लगाउनुहोस् । यस्तो गर्दा खुट्टाको औंलामा सुन्निएको कम हुन्छ । बिरे नुनको सट्टा कालो मरिच पनि प्रयोग गर्नसक्नुहुन्छ । अथवा, जैतुनको तेललाई मनतातो गर्नुहोस् र यसलाई औंलामा पाँच मिनेटसम्म मालिस गर्नुहोस् । तपाईंलाई आराम मिल्नेछ ।
२. प्याज वा कागतीको रसः
प्याजमा एन्टिबायोटिक र एन्टी सेप्टिक गुण पाइन्छ । यसले औंला चिलाउने र सुन्निने समस्याबाट राहत प्रदान गर्दछ । यसको रसलाई औंला सुन्निएको ठाउँमा लगाउँदा आराम मिल्छ । हातको औंला सुन्निएको छ भो कागतीको रस लगाउनुहोस् ।
३. मटरको प्रयोगः
मटरलाई पानीमा हालेर उमाल्नुहोस् । तपाईंले हात खुट्टा धुनेबित्तिकै यो पानी प्रयोग गर्नुभयो भने यसले हात खुट्टा सुन्निँदैन ।
४. बेसार र आलूः
जैतूनको तेलमा आधा चम्चा बेसार मिसाएर पेस्ट बनाउनुहोस् । अब यसलाई सुन्निएको ठाउँमा लगाउनुहोस् र अलि बेरपछि मनतातो पानीले धुनुहोस् । यसो गर्दा औंला सुन्निँदैन र पीडाबाट पनि राहत दिन्छ । यसका साथै आलू काटेर त्यसमा नून मिसाउनुहोस् र सुन्निएको औंलामा लगाउनुहोस् । तपाईंले यसको असर देख्नुहुनेछ तर खानामा नुनको मात्रा कम गर्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण