जान्नुहोस् मेमोरी कार्डको डाटा सुरक्षित राख्ने तरिका
आइतबार, ०२ माघ २०७३, १४ : ४५
मेमोरी कार्ड अहिले मोबाइल, क्यामेरा, म्युजिक प्लेयर, भिडियो गेम्सलगायतमा महत्वपूर्ण मानिन्छ । कम्प्युटर तथा ल्यापटपमा कनेक्ट गर्न सकिने मेमोरी कार्डको आकार तथा मोडेल भने फरक हुन सक्छ । प्रविधिको दुनियाँमा यसलाई नन भोलाटाइल एसडी कार्ड पनि भनिन्छ । एसडीको अर्थ सेक्युर डिजिटल तथा नन भोलाटाइलको अर्थ यसलाई आफ्नो स्मृतिका लागि अन्य कुनै बाहिरी स्रोतको आवश्यकता पर्दैन भन्ने हो ।
प्रत्येक कार्डमा गति/क्षमता एमबी/सेकेन्डमा लेखिएको हुन्छ । यदि यस्तो लेखिएको छैन भने कार्डमा अंकित गरिएको चिह्नका आधारमा गति थाहा पाउन सकिन्छ । कार्डमा एउटा मधुरो गोलाइमा २ लेखिएको छ भने त्यसले क्लास २ भन्ने जनाउँछ । त्यसमा न्यूनतम पनि २ एमबी प्रतिसेकेन्डको स्पिड हुन्छ । यसैगरी ४, ६, १० लेखिएको भएमा सोहीअनुसार न्यूनतम गति प्रतिसेकेन्ड प्राप्त गर्न सकिन्छ । गोलाइभित्र १ या ३ लेखिएको छ भने कम्तीमा पनि १० या ३० एमबी प्रतिसेकेन्ड गतिको आशा गर्न सकिन्छ ।
कहिलेकाहीँ हामीले नचाहँदानचाहँदै पनि मेमोरी कार्डबाट भूलवश फोटो, भिडियो या अन्य महत्वपूर्ण डकुमेन्ट हट्न सक्छ । आफूले गरेको गल्तीको जानकारी हुँदासम्म काम बिग्रिसकेको हुन्छ । यस्तो गडबडीबाट जोगिन केही सफ्टवेयर प्रयोग गर्न सकिन्छ । जसले केही कोड वा पासवर्डको मद्दतले मेमोरी कार्डमा रहेको डकुमेन्टसम्मको अनावश्यक पहु“चलाई रोक्छ । केही निर्देशन भएपछि मात्र यसले आफ्नो काम गर्छ ।
मेमोरी कार्डको किनारामा सार्न मिल्ने सानो टुक्रा रहेको हुन्छ । त्यसलाई केही मात्रामा मात्र सार्न सकिएमा कार्ड लकको स्थितिमा रहन्छ । यसो गर्दा कार्डमा न कुनै डाटा राख्न मिल्छ, न निकाल्न नै मिल्छ । त्यसलाई पुनः अनलक गर्न पहिलाकै स्थानमा राख्नुपर्छ । मेमोरी कार्डमा केही समस्या आएमा कसरी ठीक गर्ने भन्ने चिन्ता हुन्छ ।
यस्तोमा एसडी कार्ड रिकभरी टुलजस्ता सफ्टवेयर प्रयोग गर्न सकिन्छ । मेमोरी कार्डबाट यदि कुनै डाटा हटेमा त्यसलाई पुनः प्राप्त गर्न अनडिलिट ३६०, रेकुभाजस्ता सफ्टवेयर प्रयोग गर्न सकिन्छ ।
नयाँ पत्रिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण