वास्तु शास्त्रका कुराः दुःख पाउनु छैन भने कहिले नगर्नुहोस् भगवानका यी ५ मूर्तीको दर्शन
हरेकको घरमा भगवानको मूर्ती र तस्बिर हुन्छन् तर निकै कमलाई थाहा हुन्छ कि सबै मूर्ती शुभ प्रभाव दिने किसिमको हुँदैन । वास्तुको अनुसार थुप्रै मूर्ती यस्ता हुन्छन् जसको दर्शन गर्नु मानिसको लागि अशुभ प्रभावको कारण पनि बन्न सक्छ । आज हामी तपाईंलाई भगवानका यस्तो केही स्वरुप र मूर्तीको बारेमा बताउँदै छौं जसको दर्शन गर्नु राम्रो मानिँदैन ।
घरमा भगवानको मूर्ती राख्दा भगवानको पछिल्लो भाग देखिनु हुँदैन । भगवानका् पछिल्लो भाग हेर्नु शुभ मानिँदैन ।
पूजा कोठामा एउटै भगवानको दुई मूर्ती राख्नु राम्रो मानिँदैन । विशेषगरी, दुई मूर्तीलाई आमने–सामने राख्नु हुँदैन । यसरी राखिएको मूर्ती दर्शन गर्दा पटक–पटक झगडा हुन्छ ।
कुनै मूर्तीसँग तपाईंको गहिरो आस्था हुनसक्छ । तर मूर्ती यदि टुटे फुटेको छ भने त्यसको दर्शन गर्नु राम्रो मानिँदैन । यस्तो मूर्तीको दर्शन वा पूजा गर्नु अशुभ फलको कारण हुनसक्छ ।
मन्दिरमा भगवानको यस्तो मूर्ती राख्नुपर्छ जसमा भगवानको अनुहार सौम्य र हात आशिर्वादको मुद्रामा हुन्छ । रौद्र र उदास मूर्तीको दर्शन गर्दा नकारात्मक ऊर्जाको संचार हुने गर्दछ ।
युद्ध गरिरहेको वा कसैको विनास गरिरहेको भगवानको मूर्तीको दर्शन गर्नु हुँदैन । यसो गरिए दुःखको कारण बन्नसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण