राप्ती अञ्चल अस्पतालमा बिरामी बढे, विस्तारित सेवा सुरु
मङ्गलबार, ०४ माघ २०७३, ०९ : ३०
दाङ - राप्ती अञ्चल अस्पतालमा ६० प्रतिशत बिरामी बढेका छन् । अञ्चल अस्पताल तुलसीपुरमा टिचिङ हस्पिटल, महाराजगन्जका आवासीय विशेषज्ञ चिकित्सक आएसँगै अस्पतालमा पनि दिनप्रतिदिन सेवा लिने बिरामीको सङ्ख्यामा वृद्धि हुदै गएको अस्पतालले जनाएको छ ।
अस्पतालमा पहिले दैनिक एकसय बिरामीले सेवा लिने गरेकामा हाल भने दुई सयभन्दा बढी बिरामी वहिरंग सेवा लिन आउने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट चिकित्सक पदमराज अधिकारीले बताए ।
उनका अनुसार हाल अस्पतालमा बालरोग, हाडजोर्नी चिकित्सक पनि करारमा आएका र अन्य आवासीय विशेषज्ञ चिकित्सक आएका कारण बिरामी पनि बढेका छन् । अस्पतालमा पहिलोपटक सात जना आवासीय विशेषज्ञ चिकित्सक आउनुका साथै हाडजोर्नी, बालरोग विशेषज्ञ चिकित्सक आएको अस्पतालले जनाएको छ ।
यसैबीच, अस्पतालमा सरकारले ल्याएको विस्तारित सेवा पनि सुरु भएको छ । अस्पतालले बिहान १० देखि साँझ ५ बजेसम्म सेवा सुरु गरेको मेसु अधिकारीले बताए ।
बिहान ११ देखि २ बजेसम्म ओपिडी र २ देखि ५ बजेसम्म सशुल्क विस्तारित सेवाअन्तर्गत क्लिनिक सञ्चालन गरेको बताइएको छ । अस्पतालले विस्तारित सेवाअन्तर्गत क्लिनिक सञ्चालन गरेपनि पैसा तिनुपर्ने भएकाले बिरामी कम आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण