यी हुन जुम्रा पर्ने कारण, यसरी रोक्न सकिन्छ
मङ्गलबार, ०४ माघ २०७३, १४ : ४८
डा. सबिना भट्टराई छालारोग विशेषज्ञ
मानिसको शरीरमा तीन प्रकारको जुम्रा पर्ने गर्छ । कपाल, जिउ तथा गुप्तांगमा फरक फरक प्रकारका जुम्रा पर्छ । मानिसले जुम्रा परेपछि जिउ तथा टाउको चिलाएर अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । विशेषगरी, महिलाको कपाल लामो र बाक्लो हुने कारण जुम्राको समस्या धेरै हुन सक्छ ।
बाक्लो कपालमा बस्न मन पराउने जुम्राले विशेष कन्पारा, गर्दनको साइडमा असर पुर्याउन सक्छ । जुम्राले टोकेर धेरै चिलाएमा या कन्याउँदा छालामा संक्रमण हुन सक्छ । जसले गर्दा कपाल गाँठो पर्ने, घाउ हुने तथा गनाउने समस्या हुन सक्छ । लिखा कपालको जरामा टाँसिएको छ भने संक्रमण भएको मान्नुपर्छ ।
कपालको तल–तल आएको लिखा पुरानो संक्रमण हो । यसले छालालाई बढी असर पुर्याउन सक्छ । मानिसको कपालमा परेको जुम्राबाट छुटकारा पाउने औषधि बजारमा पाइन्छ । सो औषधिलाई साप्ताहिक रूपमा कपालमा लगाउँदा धेरै फाइदा गर्छ ।
कपालमा जुम्राको औषधि सुक्खा भएको वेला लगाउनुपर्छ । कपालमा औषधि लगाएपछि आधा घन्टा सुकाएर नुहाएको खण्डमा जुम्रा नष्ट हुन्छ । सामान्यतया केटीहरूको कपाल लामो र केटाहरूको छोटो हुन्छ । त्यसैले केटीहरूलाई जुम्राले बढी सताउने गरेको पाइन्छ ।
जुम्रा एक प्रकारको परजीवी हो, जो सजिलै एकबाट अरूमा सर्छ ।
परिवारमा कसैलाई जुम्रा परेको छ भने अन्यलाई पनि सर्न सक्छ । त्यसैले एकै दिन सम्पूर्ण परिवारले उपचार गर्नु राम्रो हुन्छ । औषधिको प्रयोगले जुम्रा नष्ट भए पनि लिखा नुहाएर जाँदैन । त्यसैले बाँसको काँइयो या हातकै माध्यमले फाल्नुपर्ने हुन्छ ।
मानिसको शरीरमा भने नियमित रूपमा लामो समय एउटै कपडा प्रयोग गर्दा जुम्रा पर्न सक्छ । लुगाभन्दा बाहिर जुम्रा नबस्ने भएका कारण संक्रमितले आफूले लगाएको लुगा नै फाल्नु उपयुक्त मानिन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण