यसरी गरौँ दाँत र मुखको स्वास्थ्य सुरक्षा
शनिबार, ०८ माघ २०७३, १३ : ३०
डा. अमित खनाल कन्सल्ट्यान्ट ओरल म्याग्जिलोफेसियल सर्जन
मुख हाम्रो शरीरको महत्वपूर्ण अंग हो । खानेकुरा खाइरहने भएकाले मुख फोहोर पनि भइरहन्छ । मुखमा लाखौँको संख्यामा नर्मल फ्लोरा भनिने कीटाणुहरू हुन्छन् । नर्मल फ्लोराले सामान्यतया केही हानि नगरे पनि हाम्रो रोगप्रतिरोधात्मक क्षमतामा कमी आएका वेला अत्यधिक फैलिएर विभिन्न रोग निम्त्याउन भने सक्छन् ।
खाना चपाउन र पाचन प्रक्रिया सहज बनाउन दाँतको भूमिका हुन्छ । हाम्रो शरीरलाई चाहिने पोषण खानाबाट प्राप्त हुने भएकाले दाँत स्वस्थ राख्न जरुरी हुन्छ । दाँतमा कुनै समस्या निम्तिएमा समयमै उपचार गराउनुपर्छ । तुलनात्मक रूपमा दाँतको उपचार केही महँगो नै हुन्छ । तर, नेपालमा दाँत तथा मुखको उपचार अमेरिका, अस्ट्रेलिया, इंग्ल्यान्डलगायतका देशहरूमा भन्दा निकै सस्तो हो ।
अहिले दन्तचिकित्सा अत्यन्तै विकसित र सरल हुँदै गएको छ । साधारणतया दाँतको उपचारमा दुखाइ नहोस् भनी लट्याउने सुई (लोकल एनेस्थेसिया) र आवश्यकताअनुसार चाहिएको खण्डमा पूरै शरीर लट्याउने (जनरल एनेस्थेसिया) राखेर सर्जरी गरिने भएकाले दुखाइको चिन्ता लिनु पर्दैन ।
अधिकांश नेपाली दाँत दुख्न थालेपछि मात्र उपचारका लागि अस्पताल आउने गर्छन् । ढिलाइले दाँतमा समस्या बढेर जटिल परिस्थिति निम्तिन सक्छ । सचेत भएर वेला–वेलामा दाँत तथा मुखको परीक्षण गराउने र समस्याको समयमै उपचार गराउनाले दाँतलाई सड्नबाट बचाउन सकिन्छ । तीन–तीन महिनाको अन्तरमा नियमित रूपमा दन्तचिकित्सकलाई आफ्नो मुख तथा दाँत जँचाउनु र परामर्शअनुसार दाँत सफा गर्नुपर्छ ।
दाँत सफा गराउँदा कमजोर हुन्छ, हल्लिन्छ र सिरिंग हुने समस्या निम्तिन्छ भन्ने भ्रम पनि समाजमा छ । दाँत सफा गर्दा अल्ट्रासोनिक स्केलर मेसिन प्रयोग गरिने भएकाले कम्पनको सहायतामा दाँतमा जमेका फोहोरलाई हटाइन्छ । त्यसैले डराउनु पर्दैन । यसले दाँतलाई कुनै हानि नोक्सानी गर्दैन ।
केही दिनका लागि सिरिंग अनुभव भए पनि आफैँ हटेर जान्छ । दाँत सफा गराउनाले कमजोर हुने वा हल्लिने हुँदैन । हामीले खाएका खानेकुरा दाँतमा अड्किन्छ र त्यसलाई किटाणुले खाएपछि निस्किएको अम्लले गर्दा बिस्तारै दाँतको कडा भाग सडाइदिने भएकाले हरेकपटक खाना खाइसकेपछि दाँत माझ्नु अति जरुरी छ । दाँतको कडा भाग सडेपछि नै दाँत कमजोर हुन थाल्छ भने विभिन्न रोग निम्तिन थाल्छ । बच्चाको दुधे दाँत पनि हाम्रो स्थायी दाँतजस्तै महत्वपूर्ण हुन्छ ।
ती दाँतले बच्चालाई खाना चपाउन मद्दत गर्छ र पछि आउने स्थायी दाँतको ठाउँसमेत निर्धारण गर्छ । अतः स्थायी दाँत उम्रने समय नभएसम्म दुधे दाँत बचाउन सके राम्रो हुन्छ । त्यो दाँत केही गरी समयभन्दा पहिले नै झर्यो भने स्थायी दाँत समयभन्दा ढिलो आउने तथा बांगोटिंगो भएर आउने हुन्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण