बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यो हो मोबाइलमा नेपाली अक्षर टाइप गर्ने तरिका

शनिबार, ०८ माघ २०७३, १३ : ३७
शनिबार, ०८ माघ २०७३
सुजन राजभण्डारी सञ्चालक, प्रिन्स मोबाइल नयाँबानेश्वर अहिले आएका अधिकांश मोबाइल देवनागरी युनिकोडमा लेख्न मिल्ने गरी उत्पादन भएका हुन्छन् । पुराना भर्सनका मोबाइलहरू भने नेपाली लिपिलाई सपोर्ट गर्ने हुँदैनथे । जसले गर्दा आफूले चाहेको म्यासेज तथा विभिन्न कुरा नेपाली भाषामा लेख्न सकिँदैनथ्यो । त्यस्तो मोबाइलमा नेपाली अक्षर लेख्न मिल्ने लिपि इन्स्टल गर्नुपरे पनि झन्झटिलो हुनुका साथै जोखिमपूर्ण पनि हुन सक्थ्यो । त्यस्तै, यो प्रक्रिया ज्यादै लामो पनि हुन्छ । तर, अहिलेका मोबाइलमा प्रायः नेपाली अक्षर लेख्न मिल्ने तथा सपोर्ट गर्ने गरी नै आएको हुन्छ । त्यस्तो सपोर्ट नभएमा भने इन्स्टल गर्न पनि सजिलो नै हुन्छ । इन्स्टल गर्ने विधि आफ्नो एन्ड्रोइड मोबाइलको सेटिङमा गएर ल्याङ्ग्वेज एन्ड इन्पुट अप्सन सेलेक्ट गर्ने । यसरी सेलेक्ट गर्दा नेपाली ल्याङ्ग्वेज पहिल्यै डाउनलोड छ भने केही गर्नु पर्दैन । यदि डाउनलोड भएको छैन भने पनि क्लिक गर्नासाथ आफैँ डाउनलोड हुन्छ । तर, यसका लागि इन्टरनेट भने आवश्यक हुन्छ । अब तपाईंको नेपाली ल्याङ्ग्वेज इनेबल भयो । इनेबल भएपछि म्यासेज बक्समा गएर नेपाली अक्षरमा टाइप गर्न सकिन्छ । किबोर्डको स्पेस बारलाई स्लाइड गरेमा पुनः अंग्रेजी अक्षरमा लेख्न सकिन्छ । पुनः स्पेस बार स्लाइड गरेमा फेरि नेपाली ल्याङ्ग्वेज सेलेक्ट हुन्छ । यसरी आफूले चाहेअनुसार भाषा छनोट गर्न सकिन्छ । नेपाली ल्याङ्ग्वेज नभएको मोबाइलमा नेपाली अक्षर टाइप गर्नुपर्‍यो भने फरक तरिका अपनाउनुपर्छ । मोबाइलको प्लेस्टोरबाट एप डाउनलोड गरेर आफ्नो इच्छा पूरा गर्न सकिन्छ । त्यसका लागि सबैभन्दा पहिला गुगल प्लेस्टोरमा ओपन गर्नुपर्छ । त्यहाँबाट hamronepalikeyboard  एप डाउनलोड गर्न सकिन्छ । सो एप डाउनलोड गरेर ओपन गरिसकेपछि सर्वप्रथम हाम्रो किबोर्डलाई अप्सन आउँछ । त्यसलाई इनेबल गर्ने । फेरि ब्याक गएर अर्को अप्सन आइएमइको हाम्रो किबोर्ड छनोट गर्ने । अब नेपाली अक्षरमा टाइप हुन्छ । पुनः अंग्रेजीमा टाइप गर्नुपरेमा किबोर्डको स्पेसबार भएको नेपाली झन्डामा क्लिक गर्ने । त्यसलाई क्लिक गरेपछि अमेरिकाको झन्डा आउँछ । त्यसपछि टाइप गर्दा अंग्रेजी अक्षर आउन थाल्छ । नयाँ पत्रिकाबाट  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप