तौल घटाउन चाहनुहुन्छ ? सुन्तला खानुहोस्
तौल घटाउनुको अर्थ आफूले खाएको भन्दा बढि क्यालोरी बर्न गर्नु हो । तौल घटाउन चाहनुहुन्छ भने यसमा तपाईंलाई सुन्तलाले सहयोग गर्नसक्छ ।
सुन्तलामा क्यालोरीको मात्रा निकै कम हुन्छ । यसमा रहेको ‘नेचुरल सुगर’ ले तौल घटाउने तपाईंको सोचलाई पूर्ती गर्न सक्छ । सुन्तलाका साथै सन्तुलित आहार, व्यायामले तपाईंको सोचलाई केही दिनभित्रै वास्तविकतामा परिणत गर्न सहयोग गर्दछ ।
थाहा पाउनुपर्नेः सुन्तला तपाईंको बोसोलाई पगाल्ने चमत्कारिक औषधी भने होइन ।
कम क्यालोरीः
सुन्तला खाँदा गुलियो भए पनि यसमा क्यालोरीको मात्रा निकै कम हुन्छ । सुन्तलामा पाइने ‘नेचुरल सुगर’ ले तपाईंको मांशपेशी र दिमागलाई ऊर्जा प्रदान गर्दछ ।
फाइबरयुक्तः
सुन्तलामा फाइबरको मात्रा निकै धेरै हुन्छ त्यसकारण यसले तपाईंको भोकलाई नियन्त्रणमा राख्दछ । पानीसँग सुन्तलामा भएको फाइबार फुल्छ जसले खाएको निकै बेरपछि पनि तपाईंको पेट भरी भएको महसुस गर्नुहुनेछ ।
फाइबरयुक्त खानेकुरा धेरै खाने मानिसहरु पातलो भएको विभिन्न अध्ययनले बताउँछ ।
सुन्तला खानुहोस्, यसको जुस होइनः
तौल घटाउनका लागि तपाईंले सुन्तलाको जुस नभई पूरा सुन्तला नै खानुपर्छ । सुन्तलाको एक कपमा ११२ क्यालोरी हुन्छ जुन पूरा सुन्तलामा पाइनेभन्दा लगभग दुई गुणा बढि हो ।
भिटामिन सी ले भरपुरः
सुन्तलामा पाइने जस्तै भिटामिन सीले भरिपूर्ण फलले तौल घटाउन सहयोग गर्दछ । सन् २००५ को अमेरिकन कलेज अफ न्यूट्रिसन जर्नल अनुसार नियमित रुपमा भिटामिन सीयुक्त खानेकुरा खाने मानिसहरु यो प्रयोग नगर्ने भन्दा पातला पाइयो ।
खानामा सुन्तला समावेश गर्दाः
तौल घटाउन दिनमा कतिवटा सुन्तला खानुपर्छ भन्ने बारे तोकिएको छैन । तौल घटाउन चाहनुहुन्छ भने आफ्नो खानामा भरपूर सागपात र सुन्तलालगायतका फलफूल समावेश भने पक्कै गर्नुपर्छ । भोक लाग्दा सुन्तला खाने गरे तपाईंले आफ्नो तौल घटाउन सक्नुहुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण