‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम प्रभावकारी, दैनिक ४० देखि ५० करोड प्रतिबद्धता : उर्जामन्त्री
काठमाडौँ – उर्जा मन्त्रालयले ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रमले सकारात्मक प्रभाव पारेको जनाएको छ ।
उर्जा मन्त्रालयले कार्यक्रमले स्वदेश तथा विदेशबाट नेपालको जलविद्युतमा लगानी गर्ने प्रतिवद्धता आउन सुरु गरेको जानकारी गराएको हो ।
उर्जामन्त्री जनार्दन शर्माले स्वेदश तथा विदेशमा रहेका नेपालीहरुले प्रतिवद्धता जनाएको रकम जम्मा भएपछि जलविद्युतमा लगानी गर्ने सरकारको तयारी रहेको पनि स्पष्ट पारे । उनले प्रतिवद्धता आइसकेपछि लगानी गर्ने आयोजना, त्यसको लागत, निर्माण अवधी र त्यसबाट आउने प्रतिफललगायतको बारेमा लगानीकर्ताहरुलाई जानकारी गराउने पनि बताए ।
कार्यक्रमबाट प्राप्त भएको रकम राष्ट्रिय गौरवको जलविद्युत आयोजनामा लगानी गर्ने सरकारको योजना रहेको छ ।
मन्त्रालयले अनलाइनमार्फत जलविद्युतमा लगानी गर्न आह्वान गरेपछि दैनिक ४० देखि ५० करोड रुपैयाँको प्रतिवद्धता आउने गरेको दावी पनि गरिएको छ ।
हालसम्म आएको प्रतिवद्धतामा विदेशमा रहेका युवाहरुले बढी चासो देखाएको पनि मन्त्री मन्त्री शर्माले जानकारी दिए । मन्त्रालयले जलविद्युतमा लगानी गर्न आम जनतामा जनचेतनाको आवश्यक रहेको पनि औल्याउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण