एमाले संविधान संशोधनको बाधक : देउवा
आइतबार, ०९ माघ २०७३, १६ : ५७
रौतहट– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानिय तहको चुनाव बैशाख महिनाभित्रै हुने दावी गरेका छन् ।
कांग्रेसका रौतहट जिल्ला सभापति कृष्ण यादवकी छोरीको बिहेमा सहभागी हुन आइतबार रौतहटको बरियारपुर बिनागारा पुगेका देउवाले सरकार बाहिर रहेका दलहरुसंग समेत सहमतीको प्रयास भईरहेकाले पनि स्थानिय निर्वाचन बैशाख भित्रै हुनेमा शंका नगर्न आग्रह गरे ।
निर्वाचन अघि संविधान संशोधन हुनुपर्ने भन्दै संसोधन प्रकृयामा मधेशवादी नभई एमाले बाधक रहेको उनको भनाइ थियो ।
देउवासँगै उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधी,संस्कृती तथा प्रयटन राज्यमन्त्री ईन्द्र बानियाँ, सांसद महेन्द्र यादव ,सुनिल यादव, रामअयोध्या यादव, अशोक जयसवाल, पुर्वसांसद पम्फा भुषाल, अजय चौरसिया, अजय द्धुवेदी, ओम प्रकाश ,प्राय सबैदलका जिल्ला स्तरका नेताहरु लगायतको सहभागि भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण