रियलमाथि दबाब बनाउँदै बार्सिलोना र सेभिया
बार्सिलोना – इबारलाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले शीर्ष स्थानमा रहेको बार्सिलोनामाथि दबाब कायम राखेको छ ।
आइतबार राती स्पेनिस ला लिगा अन्तरगत भएको खेलमा बार्सिलोना ४–० गोल अन्तरले विजयी भएको हो ।
खेलको पहिलो हाफमा घाइते सर्जियो बुस्केटको स्थानमा आएका डेनिस सुवारेजले बार्सिलोनालाई अग्रता दिलाए ।
खेलको दोस्रो हाफमा लियोनेल मेस्सी, लुइस सुवारेज र नेयमारले एक–एक गोल थप्दै बर्सिलोनालाई सहज जित दिलाए ।
अर्को खेलमा दोस्रो स्थानमा रहेको सेभियाले उत्कृष्ट पुनरागमन गर्दै संघर्षपूर्ण खेलमा ओसासुनालाई ४–३ गोलअन्तरले पराजित गरेको छ ।
सर्जियो लियोनले ओसासुनालाई अग्रता दिलाए पनि सेभियाका कप्तान भिन्सेन्ट इबोराले खेल बराबरीमा ल्याए ।
खेलको दोस्रो हाफमा इबोराले आत्मघाती गोल गरेपछि सेभिया पुनः पछि पर्यो ।
तर, फ्रान्को भाजक्वेज र पाब्लो साराबियाले गोल गर्दै सेभियाको जीत सुनिश्चित गरे ।
खेलको इन्जुरी समयमा केनान कोड्रोले गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
१९ खेलबाट सेभिया ४२ अंकसहित दोस्रो स्थानमा रहेको छ भने एक अंकपछि बार्सिलोना तेस्रो स्थानमा रहेको छ ।
शीर्ष स्थानमा रहेको रियलको ४३ अंक रहेको छ । तर, उसले एक खेल कम खेलेको छ ।
हिजै भएको अन्य खेलमा एथ्लेटिको म्याड्रिड एथ्लेटिक बिल्बाओसँग २–२ को बराबरीमा रोकिएको छ । एथ्लेटिको ३५ अंकसहित चौँथो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण