भक्तपुर अस्पतालमा नाक, कान, घाँटी सेवा सुरु
सोमबार, १० माघ २०७३, १३ : ३४
भक्तपुर - भक्तपुर अस्पतालमा दैनिक रुपमा नाक, कान, घाँटी विशेषज्ञ सेवा सुरु भएको छ । यसको दरबन्दी रहे पनि डाक्टरको नआउँदा धेरै वर्षदेखि सुरु हुन नसकेको यो सेवामा डा रविभूषण सुवाल आएपछि यो सेवा सुरु भएको हो ।
अस्पतालमा नाक, कान, घाँटीबाहेक अहिले हाडजोर्नी सेवा पनि दैनिक सुरु भएको छ । यसअघि प्राइभेट (इएचएस) रुपमा त्यहाँं हाडजोर्नीे सेवा सञ्चालनमा थियो ।
अस्पतालमा सघन उपचार कक्ष (आइसियु) सेवाका लागि सामान खरिद भइसकेको र निकट भविष्यमै सेवा सञ्चालनको तयारी गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार केसीले बताए ।
वीर अस्पतालपछि देशकै दोस्रो पुरानो अस्पतालका रुपमा रहेको यो अस्पतालले सेवाहरु विस्तार गर्दै लगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण