ललितपुर दरबार क्षेत्रमा होमस्टे सञ्चालन गर्न सकिने
सोमबार, १० माघ २०७३, १० : ३८
काठमाडौँ - ललितपुर दरबार स्क्वायर क्षेत्र वरपरका पौराणिक एवम् ऐतिहासिक घरमा स्वदेशी तथा विदेशी पर्यटकका लागि ‘होमस्टे’ पर्यटन विकास गर्न सकिने देखिएको छ ।
ललितपुर उद्योग वाणिज्य सङ्ले यहाँ आयोजना गरेको ‘ललितपुरमा होमस्टे पर्यटन विकास गोष्ठी’ मा सहभागी वक्ताहरुले यस क्षेत्रमा होमस्टे पर्यटन विकास गर्न सके पुरातात्विक सम्पदाको अवलोकन गराउन सकिने जानए ।
पर्यटनविद् डा सुरेन्द्रभक्त प्रधानाङ्गले होमस्टेबाट ललितपुरको पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह हुने पर्यटकको बसाइ लम्ब्याउन सकिने र ऐतिहासिक, सांस्कृतिक, कला, कौशल, जीवनशैली तथा स्थानीय वेशभूषाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई अवलोकन गराउन सकिने र यसका लागि तीन दिनको कार्यक्रम दिन सकिने बताए ।
आयोजक सङ्घका अध्यक्ष सबिन श्रेष्ठले ललितपुर सहरमा होमस्टे सञ्चालन गर्न आवश्यक रहेको औँल्याए ।
ललितपुर नगरपालिकाका कार्यकरिणी अधिकृत भरतमणि पाण्डेले होमस्टेको महत्वबारे चर्चा गर्नुभएको सो गोष्ठीमा ४२ वटा टोल सुधार समितिका अध्यक्ष तथा स्थानीय जनप्रतिनिधिको सहभागिता थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण