१० सेकेण्डमा यसरी ध्वस्त भए १९ भवन (भिडियो)
सोमबार, १० माघ २०७३, १८ : ११
वुहान – चीनमा शुक्रबार १० सेकेण्डको अन्तरालमा १९ वटा भवनलाई ध्वस्त बनाइएको छ ।
चिनियाँ सहर वुहानमा रहेका १२ तल्ला भएका १९ भवनवटा भवनहरुलाई नयाँ संरचना बनाउनका लागि विस्फोटक पदार्थहरु लगाएर भत्काइएको हो ।
त्यसक्षेत्रमा अब व्यवसायिक भवन तथा एउटा ७ सय ७ मिटर अग्लो गगनचुम्बी भवन बनाउने बताइएको छ ।
करिब १५ सय स्वेकर फिटमा फैलिएको ती भवनहरु विस्फोटपछि १० सेकेण्ड भित्र जमिनमा मिलेका थिए ।
हनाकोउ विनजियाङ स्टेट अन्तरगत रहेका उक्त भवनहरुलाई हप्तौँ अघि खाली गराइएको थियो ।
उक्त भवनहरु भत्काउन विभिन्न स्थानमा ५ टन बराबरको विस्फोटक पदार्थ प्रयोग गरिएको थियो ।
चिनियाँ एकाडमी अफ इन्जिनियरिङ वाङ सुगुआङका अनुसार चीनमा पहिलो पटक यो प्रविधिको प्रयोग गरिएको हो । यसबाट निर्माण कम्पनीको ४ महिना जोगिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण