क्यान इन्फोटेकको टिकट इसेवाबाट काट्दा छुट
सोमबार, १० माघ २०७३, १९ : ०१
काठमाडौं – भृकुटीमण्डपमा सञ्चालन हुन लागेको सूचना प्रबिधि क्षेत्रको सबैभन्दा ठुलो मेला “सुविसु क्यान ईन्फोटेक २०१७“ मा इसेवाबाट टिकट काट्दा २० प्रतिशत छुृट पाइने भएको छ ।
सूचना र प्रबिधिको प्रबर्धन गर्ने उदेश्यले आगामी माघ १३ गते देखि १८ गतेसम्म काठमाडौको भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा प्रवेश गर्दा लाग्ने शुल्कमा अनलाइन टिकट काट्दा छुट दिइएको हो ।
ईन्फोटेकमा अवलोकन शुल्क वापत साधारणहरुलाई प्रवेश शुल्क सय र विद्यार्थीहरुलाई ५० रुपैयाँ तोकिएको छ ।
माघ १६ गते आईतबारको दिनलाई भने विजनेश डे को रुपमा घोषणा गरिएको हुँदा उक्त दिन भने विद्यार्थी शहुलियत नहुने क्यानको नीति अनुसार उक्त दिनको प्रवेश शुल्क सम्पूर्ण अवलोकन कर्ताहरुको लागि सय रुपैया लाग्नेछ ।
यस्तै भृकुटी मण्डपमा रहने इसेवाका स्टलबाट सेवा लिँदा विशेष बोनसको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । प्रदर्शनी स्थलमा रहेका इसेवाका स्टल पि ५ बाट ब्यालेन्स् लोड गर्दा रू २० अतिरिक्त पाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण