तीन ठूला दलले जनताका पक्षमा काम गर्न सकेनन् : विजुक्छे
सोमबार, १० माघ २०७३, १० : २२
भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले तीन ठूला दलले जनताका पक्षमा काम गर्न नसकेको बताएका छन् ।
पार्टीको ४३ औँ स्थापना दिवसका अवसरमा आज स्थानीय दत्तात्रयमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले अहिलेसम्म सत्तामा जाने सबै दल विदेशीकै इसारामा चलेकाले जनताका पक्षमा काम गर्न गर्न नसकेको टिप्पणी गरेका छन् ।
नेपालको आन्तरिक मामिलामा बाह्य शक्तिबाट हस्तक्षेप हुँदै आएको बताउँदै सांसद बिजुक्छेले यसले नेपालको सार्वभौमिकतामाथि खतरापूर्ण स्थिति ल्याउने चेतावनी दिए ।
सो अवसरमा सांसद एवम् नेमकिपाका विदेश विभाग प्रमुख प्रेम सुवाल, सांसद एवम् नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापा मगर, नेमकिपाका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठलगायतले देशलाई जोगाउन युवाहरु अग्रसर हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण