भिरमाथिबाट आएको ढुङ्गाले लागेर विद्युतगृह अवरुद्ध
सोमबार, १० माघ २०७३, १९ : २५
हुुम्ला - शनिबार भिरमाथिबाट आएको ढुङ्गाले लागेर सिमीकोटस्थित हिल्दुम जलविद्युत् गृहमा अवरोध पुगेको छ । बिजुली बत्ती नभएपछि यहाँका स्थानीय बासिन्दा सल्लाको झर्रो बाल्न बाध्य छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले ह्याक्पा खोला र दोजुङ खोलाको निरीक्षण गरी विद्युत् उत्पादन गरिने आश्वासन दिए ।
यसैबीच, आगलागीले ठेहे–५का घ्याङ्सिंह भण्डारी र थान भण्डारीको पूरै घर नष्ट भएको छ भने जैवीरे भण्डारी र लोब्जे भण्डारीको घरमा आंशिक क्षति पुगेको छ ।
नेपाली सेना, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी र स्थानीय बासिन्दाले आगलागी नियन्त्रणमा ल्याएका थिए । जिल्ला प्रहरी प्रहरी नायब उपरीक्षक कमलप्रसाद नेपालले शनिबार भएको आगलागीबाट रु ६० लाखको क्षति भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण