सरुवा रोग अस्पतालमा सिटी स्क्यान सेवा
सोमबार, १० माघ २०७३, १९ : २९
काठमाडौँ - शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आजदेखि औपचारिक रुपमा सिटी स्क्यान सेवा सञ्चालन गरेको छ ।
अस्पतालको ८३औँ वार्षिकोत्सवका अवसरमा स्वास्थ्यराज्यमन्त्री तारामान गुरुङले उक्त सेवाको उद्घाटन गर्दै नेपालको एक मात्र सरुवा रोग अस्पतालको विकासका लागि मन्त्रालयले पूर्ण रुपमा सहयोग गर्ने बताए। अहिले सय शय्या सञ्चालन भइरहेको र अब तीन सय शय्या बनाउने दीर्घकालीन योजना अस्पतालको छ ।
झाडापखालाको प्रकोप देखिएपछि उपचारका लागि ८३ वर्ष अगाडि स्थापित अस्पतालमा अहिले सम्पूर्ण सरुवा रोग तथा रेबिज र सर्पदंशको समेत उपचार गरिन्छ ।
अस्पतालको सुधारका लागि मङ्सिर महिनादेखि सिटी स्क्यान सेवा सुरु गरिएको तथा एक सातापछि चार शय्याको सघन उपचार कक्ष पनि सञ्चालन गर्ने तयारी अन्तिम चरणमा रहेको अस्पतालका निर्देशक डा रमेश खरेलले बताए । नयाँ सेवा सञ्चालनका लागि सुविधासम्पन्न साततले भवन बनाइने जनाइएको छ ।
उनका अनुसार दुई वर्षभित्र निर्माण सक्ने गरी करिब रु ५७ करोडमा बन्ने एक सय ४६ शय्याको नयाँ भवनमा वृद्धवृद्धा विभाग, रेबिज– सर्पदंश– जटिल खालको क्षयरोग विभाग तथा एचआइभी एड्सको छुट्टै विभाग रहने जानकारी दिए ।
“भवन निर्माणका लागि अस्पताल विकास समितिले गुरुयोजना पास गरेपछि मन्त्रालयमा योजना पेस गरी यसै वर्ष निर्माण सुरु गरिनेछ” – उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण