जर्मनी मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको मर्मत गर्न इच्छुक
काठमाडौँ - जर्मनीले मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको मर्मत एवम् पर्यटन तथा सांस्कृतिक सम्पदा संरक्षणमा चासो देखाएको छ ।
वाणिज्यमन्त्री रोमी गौचन थकालीलाई नेपालका लागि जर्मनेली राजदूत माथिया मेयेरले आज भेटी जलविद्युत् आयोजनाको मर्मतसम्भार गर्न जर्मनेली सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारीले जानकारी दिए । राजदूतले जर्मनी नेपालको व्यापार, पर्यटन र सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा र स्वास्थ्यलगायत विविध क्षेत्रमा सहयोगका लागि इच्छुक रहेको पनि बताए ।
नेपाल र जर्मनीबीच पर्याप्त सम्भावना भएका व्यापार, लगानी, कृषि र पर्यटनका क्षेत्रबाट लाभ हासिल गरी दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि छलफल भएको थियो ।
वाणिज्यमन्त्री थकालीले संविधान निर्माणपछि नेपालले आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने दिशामा कानुनी, नीतिगत एवम् प्रक्रियागत सुधारका क्षेत्रमा काम गरिरहेको बताएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण