शाहरुख प्रमोशन गर्न पुग्दा भागदौड, एकको मृत्यु
वडोदरा – आफ्नो नयाँ चलचित्र ‘रइस’ को प्रमोशन गर्न राजधानी एक्सप्रेसबाट वडोदरा रेलवे स्टेसनमा शाहरुख खान पुगेपछि भागदौड मच्चिँदा एक व्यक्तिको मृत्यु भएको छ ।
घटनामा दुई जना प्रहरी पनि घाइते भएको बताइएको छ ।
प्रहरीका अनुसार सोमबार राती साढे १० बजे रेलवे स्टेशनको प्ल्याटफर्म नम्बर ६ मा शाहरुख चढेको रेल पुगेको थियो । त्यहाँ रेल १० मिनेट रोकिएको थियो ।
‘शाहरुख खानले आफ्नो चलचित्र प्रमोशनका लागि मुम्बाईबाट दिल्ली जाने रेल चढेका थिए । स्टेशनमा रेल रोकिँदा फ्यानहरु उनलाई हेर्न आतुर थिए,’ प्रहरीले बताएको छ ।
रेल रोकिने वित्तिकै भिड अनियन्त्रित हुन पुगेको र एकअर्कामथि चढ्दै शाहरुखलाई हेर्न रेलको नजिक पुगेका थिए ।
प्रहरीले भीडलाई नियन्त्रण गर्न लाठी चार्ज पनि गर्नुपरेको थियो ।
‘जब रेल चल्न थाल्यो, मानिसहरु रेलको पछि दौडिन थाले । यसक्रममा एक व्यक्तिको मृत्यु भयो,’ प्रहरीले बताएको छ ।
मारिनेको नाम फरहिद खान पठान रहेको बताइएको छ ।
‘रइस बाइ रेल’ नाम दिइएको प्रमोशन अभियान अन्तरगत शाहरुख त्यहाँ पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण