फेरि काँग्रेस मुख्यालयमा अनसन
काठमाडौ –नेपाली कांग्रेस सोलुखुम्बुको असन्तुष्ट पक्षले स्थगित भएको तेह्रौँ जिल्ला अधिबेशन तत्काल गर्न माग गर्दै थालेको अनशन अझै जारी रहेको छ ।
गत बर्ष तत्कालिन सभापति सुशील कोइरालाको निधनपछि स्थगित १३ औं जिल्ला अधिबेसन अझै नभएको भन्दै असन्तुष्ट समुहले लामो समयदेखि कांग्रेस केन्द्रीय कार्यलयमा अनसन बस्दै आएको छ ।
असन्तुष्ट पक्षका अनुसार स्थगित अधिबेशन गराउन जिल्लामा गएपनि सहमति जुटाउन नसक्दा सुचना टाँसेर स्थगित गरिएको थियो । तर, केन्द्रीय निर्वाचन समितिले बदनियतपुर्वक व्यक्ति विशेषको महत्वकांक्षा पुरा गर्न सभापति तोकेर कांग्रसको नियम, विधि र पद्धतीको उपाहास गरेको भन्दै तत्काल बिधानसम्मत अधिबेशन गर्न माग गरेको छ ।
असन्तुष्ट पक्षले अनशन बस्नुपर्ने कारणबारे एक अपिल जारी गर्दै पार्टी भित्रको व्यक्तिबादी प्रवृतिको अन्त्य गरिनुपर्ने, स्थानीय नेता कार्यकर्ताको भावनाको सम्मान गर्नुपर्ने, पार्टीभित्र पुर्ण लोकतान्त्रिक अभ्यासको प्रत्याभुति गराउनुपर्ने, नेता कार्यकर्ताको बैधानिक अधिकार सुनिश्चत गर्नुपर्ने, पार्टीको गरिमा, मुल्य र मान्यता जोगाउनुपर्ने लगायतका माग अघि सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
-
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण