महिनावारी समयमा नहुनुका यी ८ कारण
महिनावारी सही समयमा नहुनु थुप्रै महिलाको लागि समस्या बनेको हुनसक्छ । यदि यो समस्या लामो समयसम्म रहीरहे तपाईंलाई विभिन्न स्वास्थ्य समस्या हुनसक्छ । यस्तोमा तुरुन्त डाक्टरको उपचार लिनु आवश्यक छ । गायनोकोलोजिस्ट डा. निरजा पौराणीकले महिनावारी समयमा नहुनुका यी ८ कारणबारे जानकारी दिएकी छिन् ।
थाइराइडको समस्याः
गलामा हुने थाइराइड ग्ल्याण्ड यदि अण्डरएक्टिभ वा ओभरएक्टिभ भएका कारण शरिरको हर्मोनको सन्तुलन बिग्रने गर्दछ । यसका कारण महिनावारी समयमा नहुन सक्छ ।
मधुमेहको कारणः
शरिरको ब्लड सुगर लेभल बिग्रने भएकाले हर्मोन असन्तुलन हुन थाल्छ । यस्तो अवस्थामा महिनावारी समयमा नहुन सक्छ ।
बढ्दो उमेरका कारणः
महिलाको उमेर ४० पार हुँदा ओभेरियन फेलियरको समस्या हुनथाल्छ । यस्तोमा पनि महिनावारी समयमा हुँदैन ।
मोटोपना बढ्नुः
मोटोपना बढ्दा दिमागमा पाइने हाइपोथेलेमस नामक ग्रन्थीमा निकै नराम्रो असर पर्ने गर्दछ । यसका कारण हर्मोनल असन्तुलन हुन थाल्छ जसले महिनावारी समयमा हुन रोकिदिन्छ ।
लगातार तनावमा रहनुः
लगातार तनावमा रहँदा शरिरमा एस्ट्रोजन र कार्टिसोल नामक हर्मोन रिलिज हुन थाल्छ । शरिरमा यसको मात्रा बढेका कारण महिनावारी समयमा हुँदैन ।
अत्यधिक व्यायामः
आवश्यकताभन्दा बढि व्यायाम गर्दा शरिरमा पर्याप्त मात्रामा एस्ट्रोजन हर्मोन रिलिज हुन पाउँदैन । यस्तोमा थुप्रै पटक महिनावारी समयमा हुँदैन ।
पोलिसिस्टिक ओभरी सिम्पटमः
पोलिसिस्टिक ओभरी सिम्पटम (पीसीओएस) को समस्या हुँदा शरिरमा पुरुष हर्मोनको मात्रा बढ्न थाल्छ । यस्तोमा बाँझोपन र महिनावारी समयमा नहुने समस्या हुन थाल्छ ।
थाहा पाउनुहोस् के नगर्ने ?
चिसो पेय पदार्थः
कार्बोनेटेड ड्रिङ्क्समा अत्यधिक क्याफिन र सुगर हुन्छ । यसले महिनावारीमा गडबडी ल्याउन सक्छ ।
धेरै नुनिलो खानेकुरा नखानेः
अचार, सस, आलु चिप्सजस्ता खानेकुरामा अत्यधिक नुन हुन्छ । यसले शरिरमा सोडियमको स्तर बढाएर पिसाबको समस्या पैदा गर्न सक्छ ।
रिफाइन्ड ग्रेनः
पाउरोटी, पास्ता र मैदाले बनेको खानेकुराले महिनावारीको समस्या निम्त्याउन सक्छ । यसले कब्जियत र एसिडिटी बढाउने गर्दछ ।
चिल्लो र मसालेदार खानेकुराः
महिनावारी हुँदा धेरै तेल हालेको खानेकुरा र मसालेदार खानेकुरा खाँदा ग्याँस, पेट फुल्नेजस्ता समस्या निम्तिन सक्छ ।
मासु नखानेः
महिनावारी हुँदा मासुलगायतका खानेकुरामा बोसो हुनेभएकाले यो खाँदा पेटको समस्या र दुखाई थप बढ्छ ।
जंक फुडः
यसमा अत्यधिक ट्रान्स फ्याट हुने गर्दछ । यसले एस्ट्रोजन लेभल बढाउँछ जसले पाठेघरमा दुखाई महसुस हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण