धेरैजसो आमाले आफ्नो बच्चालाई किन बायाँ हातले बोक्छन् ? यस्तो छ रोचक तथ्य
बिहीबार, १३ माघ २०७३, १२ : २२
हरेक आमाले आफ्नो बच्चालाई सम्हाल्नका लागि सबैभन्दा उत्कृष्ट तरिका अपनाउने गर्दछन् । यो प्रक्रिया वर्षौं पहिलेदेखि चल्दै आएको थियो । स–सानो कुरामा पनि आमाले बच्चाबारे ख्याल राख्ने गर्दछिन् । यद्यपी, थुप्रै पटक उनीहरुलाई नै थाहा हुँदैन कि उनीहरुले किन यस्तो गरिरहेका छन् । यीमध्ये एउटा हो, धेरैजसो आमाले आफ्नो बच्चालाई बायाँ पट्टी बोक्ने गर्दछिन् ।
तर हामी यो भनिरहेका छैनौं कि कोही पनि आमाले बच्चालाई कहिले पनि दायाँ पट्टी बोक्ने गर्दैनन् । तर ७० देखि ८५ प्रतिशत आमाहरुले बच्चालाई बायाँ पट्टी नै बोक्ने गर्दछन् । यति भनिरहँदा तपाईंले सोच्नु भएको होला कि आखिर किन सबै आमाहरुले बच्चालाई बायाँपट्टी बोक्ने गर्छन् । यसको वैज्ञानिक कारण निकै रोचक छ ।
आफ्नो बच्चालाई देब्रेपट्टी बोक्दा अरु काम निकै सजिलोसँग गर्न सकिने धेरै आमाहरुको मान्यता छ । यति मात्र होइन, यसो गर्दा आफ्नो बच्चाको कुनै पनि आवश्यता पूरा गर्न पनि आमालाई सजिलो हुन्छ । यसो गर्नुका पछाडि यो एउटा कारण हुनसक्छ तर यसको वास्तविक कारण केही भिन्न छ ।
जर्नल अफ नेचर एकोलोजी एण्ड इभोलुसनको एक अनुसन्धानको अनुसार आमाहरुले आफ्नो बच्चालाई बायाँ पट्टी नै बोक्ने गर्दछन् किनभने यस्तो गरेर उनीहरुले आफ्नो बच्चालाई सबैभन्दा राम्रो तरिकाले सुरक्षित राख्न सक्छन् । हुन त उनीहरुलाई यस्तो कुरा थाहा हुँदैन तर उनको दिमागले आफसे आफ यस्तो गर्न निर्देशन दिन्छ ।
तपाईंलाई थाहा नै छ तपाईंको मस्तिष्कको दायाँ पट्टीको हिस्साले तपाईंको शरिरको बायाँ भागलाई नियन्त्रण गरिरहेको हुन्छ र शारिरको दायाँ भागलाई मस्तिष्कको बायाँ भागले । यसको अर्थ यो हुन्छ कि जब कुनै बच्चा आमाको बायाँपट्टी हुन्छ तब त्यतिबेला उनलाई लाग्ने भोक, प्यास र कुनै अन्य आवश्यकताका कारण रुन्छ भने बच्चाकी आमाको दायाँ दिमागले तुरुन्त यसबारे थाहा पाउँछ ।
यसको अर्थ यो पनि हुन्छ कि बच्चा र आमा एक–अर्कासँग भावनात्मक तरिकाले जोडिने भएकाले एक–अर्कासँग संवाद गर्नका लागि आफ्नो भावना प्रयोग गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण