यस्तो ‘पोजिसन’ मा नसुत्नुहोस्, यी ७ समस्या निम्तिन सक्छ
थुप्रै मानिसहरुको घोप्टिएर सुत्ने बानी हुन्छ । तर यो बानीले थुप्रै स्वास्थ्य समस्या निम्त्याउने गर्दछ । घोप्टो परेर सुत्दा रक्त संचार राम्रो तरिकाले हुन पाउँदैन जसका कारण शरिर दुख्ने समस्या हुनसक्छ । घोप्टिर सुत्दा हुने सात समस्याबारे यहाँ चर्चा गरिएको छ ।
ढाड दुख्छः
यसरी सुत्दा मेरुदण्डको हड्डी प्राकृतिक आकारमा नहुने भएकाले ढाड दुख्ने समस्या हुनसक्छ ।
मांसपेशी दुख्छः
यसरी सुत्दा पूरा शरिरको रक्त संचार सहि तरिकाले हुन पाउँदैन । यसले मांसपेशीमा ऐठन हुन्छ र दुख्छ पनि ।
गर्घन दुख्नेः
यसरी सत्दा गर्धनको मांसपेशीमा तन्किन्छ र रक्त संचार राम्रो सँग हुन पाउँदैन । यस्तो अवस्थामा गर्धन दुख्ने गर्दछ ।
पाचनः
यस्तो पोजिसनमा खाना राम्रोसँग पाचन हुन पाउँदैन जसले अपचको समस्या निम्त्याउने गर्दछ ।
टाउको दुख्छः
यसरी सुत्दा गर्धन तन्किने भएकाले टाउकोसम्म रक्तसंचार हुन पाउँदैन र टाउको दुख्ने गर्दछ ।
अनुहारलाई असरः
यसरी सुत्दा अनुहार थिचिने गर्दछ । यसले अनुहारको छालामा पर्याप्त अक्सिजन पाउन सक्दैन । यस्तो अवस्थामा छाला चाउरी पर्ने र डण्डिफोर आउने समस्या हुन्छ ।
जोर्नी दुखाईः
पेट थिचेर सुत्दा हड्डी राम्रो तरिकाले बस्न पाउँदैन । यसले जोर्नी दुखाईको आशंका बढ्ने गर्दछ ।
बायाँतर्फ सुत्नुका फाइदाः मुटु शरिरको बायाँतर्फ हुन्छ । यो साइडमा फर्किएर सुत्दा मुटुको काम सजिलो हुन्छ । मुटुमा रक्तसंचार सजिलै हुन पाउँछ । गुरुत्वाकर्षकका कारण खाना छोटो आन्द्राबाट ठूलो आन्द्रा र पेटको तल्लो भागमा सजिलै पुग्ने गर्दछ । यसले बिहान पेट सजिलै सफा हुने गर्दछ । शरिरको टक्सिन र हानिकारक पदार्थ लिम्फ्याटिक सिस्टममार्फत बाहिर निस्कने गर्दछ । यसरी सुत्दा बडि डिटक्स हुन्छ भने रोगबाट बचिन्छ । बायाँ साइडमा सुत्दा पेटमा रहेको एसिडको थैलीबाट एसिड निस्किएर मुखतिर आउँदैन । एसिडिटीको समस्या हुँदैन । बायाँफर्त सुत्दा शरिरको विभिन्न अंग र दिमागसम्म रगत र अक्सिजनको संचार राम्रो तरिकाले हुन्छ । सबै अंग स्वस्थ रहन्छन् ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण