तौल घटाउनका लागि रामदेवका १० टिप्स
सोमबार, १७ माघ २०७३, १२ : ५७
मोटोपन घटाउनका लागि योग र व्यायामका साथै सही डाइट र आयुर्वेदिक जडीबुटीको सम्मिश्रण निकै प्रभावकारी साबित हुन्छ । योग गुरु रामदेव पनि तिब्र रुपमा तौल घटाउनका लागि यी कुराकै सल्लाह दिन्छन् । आफ्नो थुप्रै कार्यक्रम र वेबसाइटमा स्वामी रामदेवले तौल घटाउनका लागि केही योगासन र आयुर्वेदिक औषधी प्रयोग गर्नुपर्ने सल्लाह दिएका छन् ।
कपालभाती प्राणायामः
जो आफ्नो तौलका कारण समस्यामा हुनुहुन्छ उहाँहरुले दैनिक बिहान बेलुका आधा घण्टा कपालभाती प्राणायाम गर्नु आवश्यक छ ।
फाइदाः
यसले पेट र शरिरको मांसपेशी मिल्छ र मोटोपना घटाउन सहयोग गर्दछ ।
हस्तपादासनः
५ मिनेट हस्तपादासन गर्नुहोस् त्यसपछि सीधा सुत्नुहोस् र एउटा एउटा खुट्टालाई माथि तल, गोलो गरेर घुमाउनुहोस् र साइकलजस्तो खुट्टा चलाउनुहोस् ।
फाइदाः
यसले शरिरको अतिरिक्त बोसो नष्ट गर्दछ र शरिर सेपम रहन्छ ।
सूर्य नमस्कारः
दैनिक जगिङ र सूर्य नमस्कार गर्नुहोस् ।
फाइदाः
पेट वरिपरिको बोसो तीब्र रुपमा कम हुन्छ ।
दौडनेः
यदि तपाईं जवान हुनुहुन्छ भने रनिङ र स्विमिङ गर्नुहोस् अथवा निकै लम्किएर हिँड्नुहोस् ।
फाइदाः
रक्त संचार राम्रो हुन्छ । शरिरमा जमेको अतिरिक्त बोसो बर्न हुन्छ ।
उज्जई प्राणायामः
थाइराइडका कारण मोटोपना छ भने कपालभाति प्राणायामसँगै ७ देखि ११ पटक उज्जई प्राणायाम गर्नुहोस् ।
फाइदाः
थाइरोइड नियन्त्रणमा हुनेछ । मोटोपनाको समस्या हट्छ ।
आयुर्वेदिक औषधीः
२ चक्की मदोहर वटी र १ चक्की त्रिफला गुग्लल बिहान बेलुका खानुहोस् ।
शरिर सुन्निन्छ वा वाटर रिटेन्सन (पानी जम्मा) भएका कारण मोटोपनाको समस्या छ भने पुनर्नवादि मन्डुरको सेवन गर्नुहोस् ।
बिहान बेलुका खाली पेटमा ३ देखि ५ चम्चा गोमुत्र अर्क मनतातो पानीमा मिसाएर पिउनुहोस् ।
दैनिक बिहान लौकाको जूस पिउनुहोस् ।
के खाने के नखानेः
कार्बोहाइड्रेटको मात्रा कम गर्नुहोस् । हरियो सागसब्जी, टुसा उम्रेको गेडागुडी र प्रोटिनयुक्त खानेकुरा खानुहोस् ।
बोसोयुक्त खानेकुरा वा मिठाई खानबाट बच्नुहोस् । जतिबेला प्यास लाग्छ तब तातो पानी पिउनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण