बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

मोबाइलको स्क्रिन सफा गर्ने तरिका

बुधबार, १९ माघ २०७३, १० : ४८
बुधबार, १९ माघ २०७३
महँगो मोबाइलको स्क्रिनमा फोहोर लाग्ने, दाग बस्ने, कोरिनेजस्ता समस्या हुन्छन् । यस्ता समस्याले स्क्रिन नै नराम्रो देखिन्छ । तर, मोबाइलको स्क्रिनको केही ट्रिटमेन्ट गरे टलक्क टल्किएर नयाँजस्तै देखिन्छ । सफा गर्ने केही तरिका यस्ता छन्ः फोनको स्क्रिन कभरमा दाग बस्यो या स्क्र्याच भयो भने टुथपेस्टको सहयोग लिनुहोस् । स्क्र्याच भएको स्थानमा टुथपेस्ट लगाएर नरम कपडाले पुछ्दा स्क्र्याच हट्छ । बेकिङ सोडा प्रयोग गरेर पनि मोबाइलको स्क्रिन सफा गर्न सकिन्छ । बेकिङ सोडालाई पानीमा मिलाएर पेस्ट बनाउनुहोस् । पेस्ट थोरै–थोरै गर्दै एउटा हल्का कपडामा लगाउँदै दाग बसेको तथा कोरिएको ठाउँमा गोलो आकारमा रगड्नुहोस् । दुई–तीनपटकसम्म यो प्रक्रिया दोहो¥याउँदा स्क्रिन नयाँ देखिन्छ । विचार गर्नुहोला, पेस्ट पातलो बनाउनुहुन्न । स्क्रिनभित्र पेस्ट प्रवेश गर्न नपाओस् । स्मार्टफोनको स्क्रिन सफा गर्न खानेतेल पनि प्रयोग गर्न सक्नुहुन्छ । एक थोपा तेल स्क्रिनमा राखेर बिस्तारै रगड्नुहोस् । ध्यान राख्नुहोस्, तेल धेरै प¥यो भने स्क्रिन चिल्लो रहिराख्छ र फोहोर टाँसिने तथा तेल नै स्क्रिनभित्र छिर्ने खतरा रहन्छ । त्यसो त टचस्क्रिनवाला स्मार्टफोन हो र ओलियोफोबिक कोटिङ छ भने यसरी सफा नगर्नुहोस् । कोटिङ मेटिने खतरा हुन्छ । स्क्रिनको स्क्र्याच हटाउन भेसलिन प्रयोग गर्न सक्नुहुन्छ । तर, भेसलिनले स्क्रिनमा धेरै कडासँग नरगड्नुहोला । मोबाइलको स्क्रिन हल्का मात्रै स्क्र्याच भएको छ भने पेन्सिल इरेजर प्रयोग गर्न सक्नुहुन्छ । कटन कपडा थोरै चिसो गराएर स्क्रिनमा फैलाउने । जब स्क्रिन सुक्छ, तब हल्कास“ग पेन्सिल रबर प्रयोग गर्ने । ध्यान दिनुहोस्, इरेजर सफा हुनुपर्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप