मान्नुहुन्छ,खुट्टा हल्लाउने बानीः मुटुरोगको संकेत
बुधबार, १९ माघ २०७३, ११ : २०
कुर्सीमा बस्दा या बेडमा सुत्दा पनि धेरैको बानी हुन्छ– खुट्टा हल्लाउने । यदि तपाईंको पनि यस्तो बानी छ भने तुरुन्त सचेत हुनुहोस् । यो रेस्टलेस सिन्ड्रोमको लक्षण हुन सक्ने एक अनुसन्धानले देखाएको छ । यसको मुख्य कारण भनेको आइरनको कमी हुनु हो । यस्तो समस्या बढीजस्तो ३५ वर्ष उमेर कटेकाहरूमा देखिन्छ । हवार्ड मेडिकल स्कुल वोस्टनका प्रोफेसर तथा यस अनुसन्धानका प्रमुख डा. डब्लु विंकम्यानका अनुसार करिब १० प्रतिशत मानिसमा यस्तो समस्या देखिएको छ । यस्तो समस्या भएका व्यक्तिले निदाउनुअघि औसतमा दुई सयदेखि तीन सयपटकसम्म खुट्टा हल्लाउने गर्छन् । शोधकर्ताका अनुसार निरन्तर खुट्टा हल्लाउने रोगले मुटुसम्बन्धी समस्या पनि निम्त्याउन सक्छ ।
के हो रेस्टलेस सिन्ड्रोम ?
यो नसासँग सम्बन्धित रोग हो । खुट्टा हल्लाउने व्यक्तिले डोपामाइन हार्मोनका कारण यस्तो काम निरन्तर गरिरहन्छन् । यसलाई स्लिप डिसअर्डर पनि भन्न सकिन्छ । जसले गर्दा निद्रा पूरा नहुने र थकान अनुभव गरिरहने हुन्छ । यही लक्षणका आधारमा रक्त परीक्षण गर्न सकिन्छ । निद्रा नलाग्ने समस्या बढ्दा पिएसजी (पोलिसोमनोग्राफी) गरेर पुष्टि गर्न सकिन्छ । यसले निद्रा नलाग्नुको वास्तविक कारण पत्ता लाग्छ ।
कारण
यो रोग आइरनको कमीको कारणले लाग्ने गर्छ । यसका साथै किड्नी, पार्किन्सन्सका समस्या भएका तथा गर्भवतीहरूमा डेलिभरीका अन्तिम दिनमा हर्मोनमा परिवर्तन हुन सक्छ । त्यस्तै, अत्यधिक अल्कोहल सेवन तथा विशेष औषधिको प्रयोगले पनि यसको खतरा हुन सक्छ । सुगर, उच्च रक्तचाप तथा मुटुसम्बन्धी रोगीहरूले विशेष सावधानी अपनाउनुपर्छ ।
लक्षण
खुट्टा झमझम हुने तथा कमिला हिँडेकोजस्तो अनुभव हुन्छ । त्यस्तै, दिउँसोको समयमा बसेको वेला र राति सुत्ने समयमा खुट्टा हल्लाउने, खुट्टा मालिस गराउने इच्छा हुने तथा थकावट अनुभव हुने हुन्छ ।
उपचार
यसको उपचार सुरुमा आइरनको औषधि सेवन गर्नु नै हो । अवस्था जटिल हुँदै गएमा थप औषधि सुत्नुभन्दा दुई घन्टाअगावै दिनुपर्छ । अनिद्रालाई हटाएर नै यसको समाधान गर्न सकिन्छ । हट एन्ड कोल्ड बाथ, भाइब्रेटिङ प्याड खुट्टामा राख्नाले पनि राहत अनुभव गर्न सकिन्छ ।
यस्ता बानीलाई
सुधार गर्नुपर्छ
१ राति सुत्नुअघि बेडमा पल्टिएर खुट्टा हल्लाउनु ठीक होइन । यसरी खुट्टा हल्लाउँदा व्यक्तिमा नकारात्मक ऊर्जा हाबी हुन्छ । जसले गर्दा आफ्नो काममा निराश हुने, सन्तुष्ट नहुनेजस्ता समस्या निम्तन्छ । आफ्नो काममा रमाउने तथा सकारात्मक विचार गर्ने बानीको विकास गर्नुपर्छ ।
२ जो व्यक्ति अति चिन्तामा हुन्छ उसको खुट्टा हल्लाउने बानी हुन्छ । अधिकतम व्यक्ति जसलाई घरपरिवारको चिन्ताले बढी सताउँछ, उसले खुट्टा हल्लाउने गर्छ । त्यसैले यस्ता चिन्तालाई कम गर्दै लानुपर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण