बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तपाईंलाई थाहा छ, मिर्गौला बिग्रिए के हुन्छ ?

बुधबार, १९ माघ २०७३, ११ : ३१
बुधबार, १९ माघ २०७३
डा. सुमित आचार्य, मानव अंग प्रत्यारोपण, केन्द्र, भक्तपुर रगतमा बढ्ने, पिसाबमार्फत पोटासियम कम बाहिरिने र रगतमा भने पोटासियम बढ्दै जाने गर्छ । यस्तो अवस्थामा रगतमा फसफोरसको मात्रा बढ्ने, तर क्याल्सियमको मात्रा भने कम हुने गर्छ । शरीरमा भएको भिटामिन ‘डी’ लाई बिग्रिएको मिर्गौलाले सुचारु गर्न नसक्दा मानिसको शरीरमा भएको क्याल्सियको मात्रा रगतमा कम हुने हो । यसपछि स्वास्थ्यमा समस्या थपिँदै जान्छ । रगतमा एसिडको मात्रा बढ्दै गएको खण्डमा व्यक्तिको मस्तिष्कमै समस्या देखापर्न थाल्ने, कुनै पनि वेला मानिस बेहोस भएर लड्नेसमेत हुन सक्छ । मिर्गौलाका रोगीको शरीरमा रक्तसञ्चारमै समस्या आउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, बमिट हुने, शरीर कमजोर हुने, शरीर सुन्निँदै जाने र मुटुको समस्या बढ्दै जाने हुन्छ । मिर्गौलामा कुनै पनि समय समस्या आउन सक्ने भएकाले समय–समयमा पिसाब परीक्षण, रक्त परीक्षण, रेडियोलोजिकल परीक्षण, मिर्गौलाको अल्ट्रासाउन्डलगायत परीक्षण गराइराख्नु राम्रो हुन्छ । मिर्गौलारोग लागेको वेलैमा पत्ता लागे समयमै उपचार गरेर मिर्गौला विफल हुनबाट जोगाउन सकिन्छ । मिर्गौलाको समस्या भएको शंका मात्रै लागे पनि तुरुन्त उपचार गराउनुपर्छ । परिवारका सदस्यमा कसैलाई मिर्गौलाको समस्या भएमा अन्य सदस्यलाई पनि वंशाणुगत प्रभाव पर्न सक्छ । बजारमा अनेकथरी औषधि पाइन्छन् । विनापरीक्षण यस्ता औषधि प्रयोग गरेमा मिर्गौलामा समस्या देखिन सक्छ । नयाँ पत्रिकाबाट  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप