यसरी गरौँ , चिसो मौसममा बाइकको लामो यात्रा
शनिबार, २२ माघ २०७३, ११ : १४
चिसो मौसम चलिरहँदा दुईपांग्रे सवारीमा लामो दूरीको यात्रा गर्न जो–कोही चाहँदैनन् । केही टाढाको यात्रामा जानैपरे सकेसम्म चारपांग्रे नै छनोट गर्छन् । अझ, सकेसम्म अलि पछि जाने योजना बनाएर गर्मीको समय पर्खन मन पराउँछन् । तर, केही सुझाब मनन गर्न सकिएमा भने चिसो मौसममा पनि बाइकबाट लामो दूरीको यात्रा सहज तरिकाले गर्न सकिन्छ । कायस्थ मोटर्सका नसिब कायस्थले केही महत्वपूर्ण सुझाब दिएका छन्ः
पहिरन महत्वपूर्ण
चिसो मौसममा लामो दूरी बाइकमा यात्रा गर्दा पहिरन (गेयरअप) महŒवपूर्ण हुन्छ । फुल लेग, फुल स्लिब लगाउनुका साथै अर्डरआम पनि पूरै ढाक्नु जरुरी हुन्छ । यसका साथै नेक वार्मर, फग फ्री फेससिल्ड हेल्मेट प्रयोग गर्दा चिसोबाट मात्र जोगिने होइन, सुरक्षित पनि भइन्छ ।
रोक्दै अगाडि बढ्नु राम्रो
लामो यात्रामा कहीँ नरोकी निरन्तर बाइक चलाइरहनु खतरनाक पनि हुन सक्छ । त्यसैले बीचबीचमा रोक्दै आराम गर्नुपर्छ । चिसोले शरीर काम्न थाल्यो भने घाममा केही बेर बस्ने या केही सयम हिँडडुल गर्दा पनि फाइदा गर्छ । बाटोको बीचमा पर्ने सार्वजनिक शौचालय प्रयोग गर्दा पनि राम्रो हुन्छ ।
सवारीको सफाइ
चिसो मौसममा सम्भव भएसम्म आफ्नो सवारीसाधनको सरसफाइ गर्नुपर्छ । यात्राका क्रममा विभिन्न फोहोर तथा धुलो गियरमा अड्केको हुन सक्छ । यसले बीच यात्रामा समस्या बनाउन सक्छ ।
थप खर्च
बाइकमा अतिरिक्त खर्च गरेर ग्रिप जडान गर्न सकिन्छ । यसले चिसोमा बाइक चलाउन झन् सहज बनाउँछ । त्यस्तै ग्लोब, फुट वाम्र्स जस्ता एसेसरिजले चिसोमा बाइक चलाउन सहज बनाउँछ ।
सडकमा नजर
चिसो मौसममा बे्रकिङमा विशेष ध्यान दिनुपर्छ । त्यस्तो सडकको अवस्थालाई पनि ख्याल राख्नुपर्छ । त्यसैले सडकमा रहेको लेनअनुसार सवारी चलाउनु सुरक्षित हुन्छ । जसले गर्दा हतारमा ब्रेक लगाउने, सडकको ब्रेकर्समा औसत गतिमा अगाडि बढाउनेजस्ता सुरक्षित तरिका फाइदाजनक हुन्छ ।
सवारीको टायर
चिसो मौसममा बाइकको टायर पनि कडा हुन्छ । त्यसैले केही समय एक्सिलेटर डाउन–अप गरेर सवारी चलाउनु राम्रो हुन्छ । टायरको प्रेसर पनि परीक्षण गरिरहनुपर्छ ।
खाजा तथा कफी सेवन
लामो दूरीको यात्रामा खाजा तथा चिया–कफी सेवन गरिरहनुपर्छ । जसले गर्दा यात्राका क्रममा भोक लागिरहने अनुभव हुँदैन । कफी सेवन गर्दा शरीरलाई भित्रैबाट न्यानो प्रदान गर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण