यौनसम्पर्कबाट सर्ने खतरनाक भाइरसबारे थाहा पाउनैपर्ने ५ महत्वपूर्ण जानकारी
एचपीवी अर्थात् ह्युमन पेपिलोमा भाइरस एक निकै खतरनाक र सबैभन्दा तीब्र रुपमा फैलने भाइरस हो ।
यतिमात्र होइन, धेरैजसो स्थिीतीमा यो भाइरसबाट लाग्ने रोगको लक्षण पनि थाहा हुँदैन । जसका कारण न त प्रभावित व्यक्तिलाई रोगबारे थाहा हुन्छ न नै उनलाई लागेको यो रोग उनको पार्टनरलाई पनि भइरहेको छ भन्ने थाहा हुन्छ ।
एचपीवी भाइरस कसरी फैलन्छ र यसबाट कसरी बच्न सकिन्छ यो थाहा पाउन निकै आवश्यक छ ।
यो भाइरस यौनाङ्ग र एनसको छाला एक–अर्काको सम्पर्कमा आएपछि फैलने गर्दछ । अर्थात्, लिङ्ग योनीभित्र प्रवेश नगरेपनि दुई व्यक्तिबिच भाइरस फैलन्छ ।
यहाँ यो पनि ध्यान दिनुपर्ने कुरा के छ भने यौनजन्य क्रियाकलाप र ओरल सेक्सको क्रममा कण्डमको प्रयोग गरिए यो संक्रमणबाट पूर्ण रुपमा बच्न सकिन्छ ।
एचपी भाइरसबारे ती पाँच कुरा, जुन थाहा पाउन अत्यावश्यकः
सबैभन्दा पहिलो कुरा के हो भने यौन रुपमा सक्रिय ८० प्रतिशत महिला वा पुरुष जीवनको कुनै न कुनै बेला यसबाट संक्रमित हुने गर्दछन् ।
यूके पब्लिक हेल्थ सर्भिस, एनएचएस र अमेरिका असोसियसन अफ सेक्सुअल हेल्थले यसबारे पुष्टि गरेको छ ।
अमेरिकामा यो रोग धेरैजसो मानिसलाई हुने गरेका छ । जामा अनकोलोजी पत्रिकामा छापिएको राष्ट्रिय सर्वेक्षणका अनुसार यौनसम्बन्धमा संलग्न २ हजारमध्ये आधा पुरुषलाई यो संक्रमण थियो ।
२. एचपीवीबाट ६ प्रकारको क्यान्सर हुनसक्छः
एचपीवी गर्भाशय क्यान्सरका लागि ९९ प्रतिशत (एनएचएसको जानकारी अनुसार),
एनस क्यान्सरका लागि ८४ प्रतिशत, लिंग क्यान्सरका लागि ४७ प्रतिशत जिम्मेवार हुन्छ ।
यसका साथै, यसको संक्रमणले योनीमुख, योनी, घाँटी र मुखको क्यान्सर पनि हुन्छ ।
एचपीवी भाइरसको सयभन्दा बढि किसिम हुन्छन् । यो गर्भाशय क्यान्सरका लागि ७० प्रतिशतभन्दा बढि जिम्मेवार हुन्छ ।
धेरैजसो मानिसहरु कुनै न कुनैबेला एचपीवीबाट संक्रमित हुने गर्दछन् तर उनीहरुको प्रतिरक्षा तन्त्र यो भाइरसबाट उनको रक्षा गर्दछ ।
३. साधारणतया एचपीवी संक्रमणको कुनै लक्षण हुँदैन । त्यसकारण यसबारे पत्ता लगाउन त्यति सजिलो छैन ।
महिलामा उनको गर्भाशयको कोशिकाहरुको नमुनाको जाँच गरेर त्यसमा एचपीवीको संक्रमणको पत्ता लगाउन सकिन्छ । यसका लागि दुई प्रकारको परिक्षणको मद्दत लिन सकिन्छ । एक, भजाइनल साइटोलोजी अर्थात कोशीय परिक्षण र दोस्रो पेप टेस्ट अर्थात् पेपनिकोलाई परिक्षण ।
तर पुरुषमा अहिले पनि यो भाइरसको संक्रमणको पत्ता लगाउने कुनै विश्वसनीय तरिका पाइएको छैन ।
एनएचएस भन्छ, ‘अहिलेसम्म एचपीवीको पत्ता लगाउने कुनै यस्तो तरिका छैन जसलाई विश्वास गर्न सकियोस् । यो भाइरसको कुनै लक्षण नभएका कारण यसको उपचारमा निकै समस्या आइरहेको छ ।’
यदि कुनै व्यक्तिमा एनस (गुद्वार) संक्रमण भएको गम्भीर खतरा छ भने यसको पत्ता लगाउनका लागि एनल साइटोलोजी अर्थात् गुद्वार कोशिकाको परिक्षण गर्न सकिन्छ ।
४. एनपीवी संक्रमणको कुनै उपचार छैनः
एनपीवी संक्रमणको कुनै उपचार छैन तर यसको असरलाई ठिक गर्न सकिन्छ यदि यसबारे पत्ता लगाउन सके ।
धेरैजसो एचपीवी संक्रमणले कुनै गम्भीर समस्या निम्त्याउँदैन र दुई वर्षभित्र आफै ठिक हुन्छ ।
यदि यौनाङ्गमा गाँठो निस्किएको छ भने त्यसलाई क्रिम, मलम वा रसायनले ठिक गर्न सकिन्छ । यी गाँठोलाई फ्रिजिङ वा बर्निङमार्फत हटाउन सकिन्छ ।
महिलामा यदि एचपीवी संक्रमण लगातार भइरह्यो भने यसले गर्भाशयको कोशिकामा परिवर्तनको गम्भीर खतरा पैदा हुने गर्दछ । यसले उनीहरुको गर्भाशयको क्यान्सर हुने सम्भावना निकै बढ्ने गर्दछ । यसले गर्भाशय क्यान्सर पनि हुने गर्दछ ।
त्यसकारण गर्भाशयमा यदि असामान्य कोसिका आइरहेका छन् भने त्यसलाई समय हुँदा नै पत्ता लगाएर त्यसको उपचार गर्न सकिन्छ । जानकारको सुझाव अनुसार महिलाले नियमित रुपमा पेप टेस्ट गराइरहनुपर्छ ।
एनएचएसका अनुसार गर्भाशय क्यान्सरको ९९ प्रतिशत घटना एचपीवीका कारण जन्मिने गर्दछ ।
एचपीवीसँग जोडिएको अर्को क्यान्सर साधारणतया आफ्नो सुरुवाती चरणमा कुनै प्रकारको लक्षण देखाउने गर्दैन । जस्तै मुख, गला र पुरुषको यौनाङ्गको क्यान्सर ।
५. युवाहरुका लागि एचपीवी भाइरसबाट बच्ने सूई उपलब्ध छः
यस्तै थुप्रै सूई बजारमा उपलब्ध छन् । यीमध्ये थुप्रै गम्भीर एचपीवी–१६ र एचपीवी–१८ भाइरसबाट बचाउँछ ।
सबैभन्दा नयाँ सूईले एचपीवीसँग जोडिएको क्यान्सरबाट ९० प्रतिशतसम्म बचाउने गर्दछ ।
थुप्रै देशमा सरकारले समय–समयमा यस्ता सूई किशोरीहरुलाई लगाइदिने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्रीको निर्देशन
-
प्रतिनिधिसभामा चार विधेयक टेबुल
-
पूर्वी चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का
-
आत्मदाह प्रयासपछि गणेश नेपालीको पक्षमा सडकमा उत्रिए मुगुवासी, तस्बिरहरू
-
नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो समस्यामा
-
पार्टी पुनर्गठनको प्रतिवेदन तयार गर्ने जिम्मा बादल र शंकरलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण