बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

यसो गरौँ स्वस्थ र दीर्घायु रहन !

बुधबार, ०४ फागुन २०७३, ११ : ५३
बुधबार, ०४ फागुन २०७३
डा. दिनेशप्रसाद बराल सोहम योग तथा प्राकृतिक चिकित्सा, लोकन्थली चोक प्राकृतिक चिकित्साअन्तर्गत जल चिकित्सा, माटो चिकित्सा, वायु चिकित्सा, सूर्यकिरण चिकित्सा र आकाश चिकित्सा पर्छन् । तीमध्ये एक महत्वपूर्ण चिकित्सा हो– आकाश चिकित्सा विधि । आकाश भन्नाले खालीपन तथा शून्यतालाई जनाउँछ । यसको प्रयोग उपवासका माध्यमबाट गरिन्छ । हरेक व्यक्ति स्वस्थ भएर बाँच्ने चाहनामा बेहोसी जिन्दगी बिताइरहेको हुन्छ । स्वस्थ रहन प्राकृतिक चिकित्साका विभिन्न विधिमध्ये एक महत्वपूर्ण चिकित्सा पद्धति हो– उपवास चिकित्सा । उप भनेको नजिक र वास भनेको बस्नु अर्थात् आफ्नै नजिक बस्नुलाई उपवास भनिन्छ । अन्न नखाई पानी मात्र खाएर लामो समयसम्म भोकै बसेर गरिने चिकित्सा पद्धति हो । उपवास चिकित्सा सामान्तया छोटो, मध्यम र लामो गरी तीन प्रकारमा विभाजन गरिएको छ । छोटो भन्नाले एक दिनदेखि तीन दिनसम्म, मध्यम सात दिनसम्म र लामो १५ दिनभन्दा पनि बढीको हुन्छ । कसले कस्तो उपवास गर्ने भन्ने कुरा उसको उमेर, शारीरिक अवस्था, रोगको प्रकृति आदिमा भरपर्छ । परम्परादेखि नै व्रतका रूपमा पानी मात्र खाएर गरिने व्रत तथा फलफूल र दुध मात्र खाएर गरिने व्रत अनि एक छाक मात्र खाएर गरिने व्रतहरू अद्यावधि नै छन् । त्यसैले उपवास चिकित्साको महत्व अझै बढ्दै गएको छ । उपवासले सम्पूर्ण शरीरलाई पुनर्ताजगी र ऊर्जामय बनाउँछ । उपवासको समयमा शरीर शोधनका लागि एनिमा, चिसो कटिस्नान, तातो कटिस्नान आदि उपचार पनि दिइन्छ । जसले शरीर पूर्ण रूपमा शुद्धीकरण हुन सहयोग गर्छ । उपवासले शरीरमा जम्मा भएका विकार निष्कासन गर्न मद्दत पुग्छ । शरीरका विभिन्न अंगहरू मिर्गाैला, सानो आन्द्रा, ठूलो आन्द्रा, छाला, फोक्सो आदिले पूर्ण कार्य गर्न पाउँछन् । शरीर आफ्नो पूर्ववत् अवस्थाझँै प्राकृतिक रूपमा काम गर्न सक्षम रहन्छ । यदि सामान्य रोग छ भने पनि हराएर जान्छ । उपवासको समय अलि गाह्रो भयो भने महपानी लिन सकिन्छ । विधि उपवास बस्नुअघि उमेर, रोग, शारीरिक अवस्थाका आधारमा छोटो, मध्यम, लामोमध्ये एक छनोट गर्ने । उपवासबारे राम्रोसँग जानकारी लिएर शारीरिक र मानसिक रूपमा बस्नका लागि तयार पार्ने । तीन दिनभन्दा बढीको उपवास बस्न एक दिनअघिदेखि नै रसाहारमा बस्ने । उपवासको समयमा आवश्यकताअनुसार दुई–तीन घन्टाको फरकमा पानी पिउने । उपवास समयमा बिहान शोधन गर्ने, दिउँसो समयमा आराम गर्ने । यदि उपवासका क्रममा कमजोरी भयो भने महपानी दिन सकिन्छ । गह्राँै तथा भारी काम नगर्ने । फाइदा उपवासबाट शरीरमा पुनर्ताजगी पैदा हुन्छ । जसको कारण शरीरका हरेक अंगले प्राकृतिक रूपमा काम गर्न सक्छन् । पाचन प्रणालीसम्बन्धी रोगमा विशेष लाभ पुग्छ । मोटोपन तथा शरीरको अनावश्यक बोसोलाई घटाउँछ । स्नायुप्रणालीलाई सक्रिय बनाउँछ । फोक्सो, कलेजो तथा मिर्गाैलाजस्ता अंगको कार्यक्षमता बढाउँछ । स्वस्थ्य व्यक्तिले पनि ६ महिनामा एकपटक उपवास बस्दा स्वस्थ एवं दीर्घायु रहन सकिन्छ । सावधानी प्राकृतिक चिकित्सकको निगरानीमा मात्र गर्ने । कमजोरी महसुस भएमा महपानी तथा फलफूल जुस खान दिने । उपवास तोड्दा रसाहार, गेडागुडी रस, शुद्ध फलफूलको जुस थोरै–थोरै खाँदै बिस्तारै जाउलोजस्ता परिकारबाट पूर्ण भोजनमा प्रवेश गर्ने । उपवास सुरु गरेपछि अमिलो पानी आउने, छाती पोल्ने हुन सक्छ । त्यस्तो समय एनिमा, तातो कटिस्नानजस्ता शरीर शोधनका उपचार दिने । उपचार सुरु गरेको दिन कुञ्जल पनि दिन सकिन्छ । जसको कारण पेट पोलेको ठीक हुन्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप