बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यसो गरौँ आँखाको ज्योति स्वस्थ राख्न

आइतबार, ०८ फागुन २०७३, १२ : ४५
आइतबार, ०८ फागुन २०७३
सायद, आँखाको ज्योति गुमेकालाई थाहा होला आँखाको महत्व । पाँच सय प्रकारका रंगको छायाँ छुट्याउने क्षमता राख्ने आँखाले एक घन्टामा ३६ हजार बिट्स डाटा लिने चिकित्सकहरू बताउँछन् । आँखामा हुने १० करोड ७० लाख कोषहरूले हरपल आफ्नो भूमिका निर्वाह गरिरहेका हुन्छन् । तर, यति ठूलो काम गर्ने आँखा शरीरका अन्य अंगभन्दा निकै संवेदनशील हुन्छ । सधैँ सक्रिय रहने आँखाले सुत्दा मात्रै आराम पाएको हुन्छ । तर, आँखालाई काम गर्दागर्दै पनि आराम दिने गर्नुपर्छ । आँखाको स्वास्थ्यका लागि यस्ता कुरामा ध्यान दिनुपर्छः —आँखाको  स्वास्थ्यका लागि दैनिक पौष्टिक आहारबाहेक थप भिटामिन र स्याहार आवश्यक पर्छ । किनभने, लामो समय काम गरेका आँखा बिस्तारै कमजोर भएर दृष्टि हराउँदै जान्छ । त्यसैले कामको बीचमा आँखाका लागि आराम गर्ने उपयुक्त समय आवश्यक पर्छ ताकि आँखा स्वच्छ राखोस् । —हरियो सागपात, फलफूल (भिटामिन ए, सी, फोलिक एसिड, सेलेमियम र जिंकयुक्त) सेवन गर्नु आँखाको स्वास्थ्यका लागि जरुरी पर्छ । सुन्तला, कागती, गाजर, अंगुर, मेवालगायत फलफूलबाट यी तत्व प्राप्त हुन्छ । —आँखामा असहज महसुस भयो भने चिकित्सकको परामर्श लिन ढिला गर्नु हुँदैन । चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्न सकिन्छ । आँखाको स्वास्थ्यका लागि विभिन्न आइड्रप्सहरू पाइन्छन् । न्यू भी रोह्तोका आइड्रप पान्थेनोल (१३ एमजी), पाइरिडोक्सिने हाइड्रोक्लोराइड (भिटामिन बी ५–६ एमजी, ६ एमजी), पोटासियम एल—एस्पार्ताते (१३० एमजी), डिपोटासियम ग्लाइक्रिहिजिनेते (१३ एमजी), क्लोरोफेनिरामिने मलिएते (१.३ एमजी), सोडियम क्लोडोनिथिन सुल्फाते (१३ एमजी), तेत्राहाइड्रोजोलाइन हाइड्रोक्लोराइड (१.३ एमजी)लगायत आइड्रप्स नेपालमा उपलब्ध छन् । आँखाको समस्या पहिचान गरी चिकित्सकको सल्लाहअनुसार आइड्रप्स प्रयोग गर्नुपर्छ । —चहकिलो प्रकाशमा सीधा आँखा पर्ने, कम्प्युटरमा लामो समय बसेर काम गर्नेलगायत व्यक्तिले काम गर्दागर्दै वेला–वेलामा छोटो समय निकालेर आँखालाई आराम दिनुपर्छ । जस्तैः आँखालाई केही टाढा डुलाउने, झिमझिम पार्ने, बन्द गर्ने र खोल्नेजस्ता क्रियाकलाप गर्न सकिन्छ । —आँखालाई स्वस्थ राख्न कार्यस्थलमै सहज तरिकाले व्यायम गर्न सकिन्छ । आँखालाई भित्रै वरिपरि घुमाउनु उत्तम व्यायम हो । खुला नीलो आकाशमा हेर्नु तथा हरियो वातावरणमा आँखा डुलाउनु पनि राम्रो हुन्छ । यस्ता कार्यले आँखालाई आराम मिल्छ । —दैनिक काँक्रोको पेस्ट प्रयोग गर्दा पनि आँखालाई फाइदा गर्छ । आँखाको परेला बन्द गरेर दैनिक १५–२० मिनेट काँक्राको पेस्ट लगाउने गर्दा डार्क सर्कल तथा चाउरीपना हट्दै जान्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप