बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

इरानी आक्रमणपछि खसेको भग्नावशेषबाट कुवेतमा एक जना घाइते

बिहीबार, २५ असार २०८३, १७ : ४५
बिहीबार, २५ असार २०८३

कुवेत सिटी । इरानले कुवेततर्फ प्रहार गरेका क्षेप्यास्त्र र ड्रोनलाई अवरोध गर्ने क्रममा खसेको भग्नावशेष लागेर एक जना घाइते भएका छन्।

कुवेती सेनाले जारी गरेको विज्ञप्तिअनुसार इरानले कुवेततर्फ तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र, एउटा क्रुज क्षेप्यास्त्र र १० वटा ड्रोन प्रहार गरेको थियो। कुवेती वायु प्रतिरक्षा प्रणालीले ती सबै आक्रमण सफलतापूर्वक निष्क्रिय पारेको जनाएको छ। तर आकाशमै नष्ट गरिएका क्षेप्यास्त्र र ड्रोनका भग्नावशेष खस्दा एक जना घाइते हुनुका साथै केही भौतिक क्षति भएको सेनाले जनाएको छ।

घाइतेको अवस्था र भौतिक क्षतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

यता, छिमेकी बहराइनले पनि बिहीबार बिहान आफ्नो वायु प्रतिरक्षा प्रणालीले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र र ड्रोनहरू अवरोध गरेको जनाएको छ। बहराइनको सेनाले आक्रमण सफलतापूर्वक निष्क्रिय पारिएको पुष्टि गरे पनि आक्रमणको परिमाण वा क्षतिबारे थप विवरण दिएको छैन।

अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा तथा पूर्वाधारलाई लक्षित गर्दै कुवेत, बहराइनलगायत अन्य खाडी मुलुकतर्फ ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ। त्यसपछि ती देशहरूले सुरक्षा सतर्कता उच्च बनाएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप