यो हो फिटनेस कायम राख्ने डान्स !
मङ्गलबार, १० फागुन २०७३, १२ : १०
शारीरिक फिटनेसका लागि आजकल विशेष गरी सहरका व्यक्तिहरू विभिन्न उपाय अपनाउने गर्छन् । मर्निङवाक, जिम, गेम्सलगायतमा उनीहरूको बिहानी बित्ने गर्छ । डान्स गर्दै फिटनेस कायम राख्न सकिने जुम्बामा अहिले धेरैको आकर्षण बढेको छ । कोलम्बियन डान्सरले सुरुवात गरेको जुम्बा समूहमा बसेर गरिने डान्स तथा कसरत पनि हो । कोरियोग्राफर अर्बट बिटो पर्जले सन् १९९० बाट जुम्बाको सुरुवात गरेका हुन् । म्युजिकको बिटअनुसार शरीरमा सम्पूर्ण अंग कसरत गर्न सकिने जुम्बा डान्स विश्वभर नै निकै चलेको छ । सबै उमेरसमूहलाई उपयुक्त भए पनि विशेष गरी यो डान्स ३० वर्षमाथिका महिलाले बढी गर्ने गर्छन् । जुम्बा डान्स गर्ने तरिका तथा यसका फाइदाका विषयमा इन्स्ट्रक्टर राजन बुढाथोकी यसो भन्छन्ः
—जुम्बा प्रत्येक दिन एक घन्टा बिहान अथवा बेलुका गर्नु राम्रो हुन्छ । एक घन्टा जुम्बा गर्दा शारीरिक र मानसिक तनावबाट मुक्त हुन पाइन्छ ।
—जुम्बा डान्स दिनहुँ गर्दा शारीरिक ऊर्जा प्राप्त हुनुका साथै अनुहारमा पनि चमक आउँछ ।
—फ्याट बढी भएका व्यक्तिहरूले जुम्बा डान्स गर्दा शारीरिक बनावट राम्रो हुन्छ । अधिकांशले जुम्बा गर्ने प्रमुख कारण नै फिटनेस हो ।
कसरी गरिन्छ जुम्बा
जुम्बा डान्स गर्नुभन्दा पहिला वार्मअप गर्नुपर्छ । पाँचदेखि १० मिनेट वार्मअप गर्दा टाउको, हात, खुट्टा तथा सम्पूर्ण शरीरलाई कसरत गर्ने गरिन्छ । त्यसपछि जुम्बा डान्सका स्टेपहरू सुरु हुन्छ । डान्स गर्नलाई भने फास्ट बिटको म्युजिक उपयुक्त हुन्छ । जुम्बा डान्स समूहमा बसेर गर्दा राम्रो हुन्छ । समूहमा बसेर डान्स गर्दा इन्स्ट्रक्टरले सिकाएबमोजिम निरन्तर करिब एक घन्टा गर्दा राम्रो हुन्छ । शरीरमा व्यापक पसिना आउने गरी डान्स गरिसकेपछि अन्तिम अवस्थामा केही स्लो म्युजिक लगाइन्छ । सोहीअनुसार डान्स पनि स्लो गर्दै अन्त्य गर्नुपर्छ ।सावधानी
विशेष गरी शारीरिक रूपमा कमजोरी भएका तथा गर्भवती महिलाहरूले जुम्बा डान्स नगर्नु नै राम्रो हुन्छ । सकेसम्म इन्स्ट्रक्टरको सहकार्यमा डान्स गर्नु राम्रो हुन्छ । नयाँ पत्रिकाबाटखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
-
आगोमा जलेर हात गुमाएकी सुकुमबासी उर्मिला तामाङका दुःख (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण