कहिले प्रयोग नगर्नुहोस् अरुको इयरफोन, नभए...
हामीमध्ये धेरैले मोबाइलबाट गीत सुन्दा वा कोहीसँग कुरा गर्दा इयरफोनको प्रयोग गर्ने गर्दछौं । आफूसँग भएको बेला आफ्नै इयरफोन प्रयोग गर्ने हामी आफूसँग यो नहुँदा अरुको सापटी लिने गर्दछौं तर यस्तो बानी छ भने सावधान हुनुहोस् ।
एक नयाँ अनुसन्धान अनुसार आफ्नो इयर प्लग वा इयरफोन अरु व्यक्तिसँग बाँड्दा स्वास्थ्यसम्बन्धि विभिन्न समस्या निम्तिने गर्दछ ।
हुनसक्छ ‘फंगल इन्फेक्सन’:
के तपाईंको कानमा कहिले पीडा भएको छ । यदि छ भने कानको समस्या कति पीडादायी हुन्छ भन्ने कुरा बुझ्न सक्नुहुन्छ । एक अनुसन्धानका अनुसार कान दुख्ने समस्याबाट पीडित करिब ७ प्रतिशत मानिसहरुलाई कानमा फंगल इन्फेक्सनका कारण यस्तो समस्या हुने गर्दछ । यस्तो अवस्थामा, यदि तपाईं कानको रोगीले लगाएको एयरफोन प्रयोग गर्नुहुन्छ भने उक्त रोग तपाईंलाई लाग्न कुनै बेर लाग्दैन ।
इन्फ्लुन्जाः
यदि कुनै व्यक्तिलाई इन्फ्लुन्जा भएको छ भने उक्त व्यक्तिको कानमा पनि संक्रमण हुने पूरा सम्भावना रहेको हुन्छ । यस्तोमा यदि इन्फ्लुन्जाबाट पीडित कुनै व्यक्तिले तपाईंको इयरफोन प्रयोग गरेको छ भने यो संक्रमण तपाईंलाई पनि पीडित बनाउने छ ।
फैलन्छ किटाणुः
यदि तपाईंलाई माथि दिइएका सबै कुरा मनगढन्ते लागिरहेको छ भने यति बुझ्नुहोस् कि यदि इयरफोन सेयर गर्नु गलत होइन भने यो सही पनि होइन । सोच्नुहोस्, के तपाईं आफ्नो टुथब्रस कसैसँग सेयर गर्नुहुन्छ ? कसैले लगाएको पसिनाले भरिएको मोजा लगाउनुहुन्छ । सायद यसमा तपाईंले ‘गर्दिनँ’ नै भन्नुहुन्छ होला । यस्ता सामग्रीहरु सेयर गर्दा किटाणु फैलन्छ भने यो कुरा इयरफोनमा पनि लागु हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
-
आगोमा जलेर हात गुमाएकी सुकुमबासी उर्मिला तामाङका दुःख (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण