के गर्भावस्थामा ‘ग्रिन–टी’ पिउनु राम्रो हो ?
आजकाल ‘ग्रिन–टी’ पिउनु एक फेसन जस्तो बनेको छ । हुन त ग्रिन टीको साधारण चियाभन्दा निकै फाइदा छन् । यसले तौल घटाउनमा, हृदयलाई स्वस्थ राख्नमा, कपाल र छालालाई स्वस्थ राख्ने लगायतका फाइदा पुर्याउँछन् । तर गर्भावस्थामा ग्रिन टी पिउनु राम्रो हो वा होइन भन्ने विषयमा निकै विवाद हुने गरेको छ ।
हुन त गर्भावस्थामा ग्रिन टी पिउनु पर्छ वा पर्दैन भन्ने विषयमा केही विशेष अनुसन्धान भएको छैन तर यो कुरा त वास्तविक हो कि ग्रिन टीमा क्याफेनको मात्रा हुन्छ । अत्यधिक मात्रामा क्याफिनको सेवन गर्नु आमा र भ्रुण दुबैका लागि हानिकारण हुने कुरा सर्वविदितै छ ।
आउनुहोस्, ग्रिन टी कति पिउँदा यसले हानी गर्दछ भन्ने बारे
गर्भावस्थाका बेला २ सय मिलिग्राम प्रति दिन ग्रिन टीको मात्रा सन्तुलित मात्रा मानिन्छ । अर्थात्, एक दिनमा दुई कप कफी, चिया वा तपाईंको रुची अनुसारको ग्रिन टी पिउँदा यसले हानी गर्दैन ।
ग्रिन टी पिउनु किन हुन्छ हानिकारक ?
– शरिरको फोलिक एसिड सोस्ने प्रक्रिया रोक्नमा बाधा उत्पन्न हुन्छ । गर्भावस्थाका बेला फोलिक एसिडको सेवन शिशुको सुरक्षाका लागि आवश्यक हुन्छ । किनभने यसको कमीले शिशुको मस्तिष्क र मेरुदण्डको सही प्रकारले विकास हुन पाउँदैन ।
– आइरनको अवशोषणमा असुविधा हुन्छ – ग्रिन टी मात्र होइन, कुनै पनि हर्बल टीको अत्यधिक मात्रामा सेवन गर्दा रक्त कोशिकाहरुले आइरनको अवशोषण सही तरिकाले गर्न पाउँदैन जसका कारण हेमोग्लोबिनको उत्पादन हुन पाउँदैन र गर्भवती आमाहरुलाई रक्तअल्पत्ताको सम्भावना बढ्ने गर्दछ ।
– यसले शरिरमा मेटाबोलिजमको दरलाई बढाउने गर्दछ । गर्भावस्थाको क्रममा यत्तिकै पनि शरिरको मेटाबोलिजम बढेको अवस्थामा ग्रिन टी पिउँदा आमाभित्र मनोवैज्ञानिक परिवर्तनका लागि राम्रो मानिँदैन र अरु समस्या पनि उत्पन्न हुन सक्छ ।
टिप्सः यदि तपाईं ग्रिन टी पिउन नै चाहनुहुन्छ भने दिनमा दुई कपभन्दा बढि नपिउनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्रीको निर्देशन
-
प्रतिनिधिसभामा चार विधेयक टेबुल
-
पूर्वी चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का
-
आत्मदाह प्रयासपछि गणेश नेपालीको पक्षमा सडकमा उत्रिए मुगुवासी, तस्बिरहरू
-
नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो समस्यामा
-
पार्टी पुनर्गठनको प्रतिवेदन तयार गर्ने जिम्मा बादल र शंकरलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण