महिनावारी र गर्भवती हुँदा बताइने यी ६ झुटका वास्तविकता
हरेक महिना महिनावारी हुनु प्राकृतिक प्रक्रिया हो । तर यसबारे थुप्रै समाजमा विभिन्न प्रकारको कल्पित कथा हुने गर्दछ । महिला रोग विशेषज्ञ डा. निरजा पौराणिकताले महिनावारीको यस्ता ६ कहानी र यसको सत्यताबारे बताएका छन् ।
१. यदि महिनावारी समयमा भएन भने ती महिला गर्भवती भएको बुझ्नुपर्छ ।
यसको वास्तविकताः
महिनावारी समयमा नहुने बित्तिकै महिला गर्भवती नै भइन् भन्नु ठिक होइन । महिनावारी समयमा नहुनुका कारण तनाव, खराब डाइट र हर्मोनमा परिवर्तन पनि हुनसक्छ ।
२. महिनावारीको क्रममा महिला अशुद्ध हुन्छन् ।
वास्तविकताः यस्तो केही पनि हुँदैन । यो एक प्राकृतिक क्रिया हो जसमा ‘अनफर्टिलाइज्ड एग’ शरिरबाट बाहिर निस्किएको हो ।
३. महिनावारी भएका बेला भान्छा र मन्दिर जानु हुँदैन ।
वास्तविकताः यसको सम्बन्ध असुद्धतासँग पटक्कै मिल्दैन । त्यसकारण मन्दिर र भान्छा अशुद्ध हुन्छ भन्नु एकदमै गलत हो ।
४. महिनावारी हुँदा तातो पानीले नुहाउनु हुँदैन ।
वास्तविकताः महिनावारी हुँदा तातो पानीले नुहाउनु अझै फाइदाजनक हुन्छ । यस्तो गर्दा मांसपेशी रिल्याक्स हुन्छ र ऐंठन र शरिर दुख्न कम हुन्छ ।
५. महिनावारी हुँदा व्यायाम गर्नुहुँदैन ।
वास्तविकताः यदि महिनावारी हुँदा धेरै पीडा हुँदैन भने व्यायाम गर्न सकिन्छ । यसो गर्दा मांसपेशीले पर्याप्त अक्सिजन पाउँछ र मांसपेशीमा दुखाई र ऐठनवजस्ता समस्या कम हुन्छ ।
६. महिनावारी हुँदा अचार छुँदा त्यो खराब हुन्छ ।
वास्तविकताः यस्तो केही हुँदैन । महिनावारी शरिरबाट पसिना निस्किएजस्तै एक प्राकृतिक प्रक्रिया हो । जसका कारण छोएको भरमा कुनै पनि कुरा खराब हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झलनाथ खनाल र खड्कबहादुर विश्वकर्माबिच भेटवार्ता
-
श्रमिक ठगिको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज
-
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
-
अमेरिकी सैन्य अखडामा इरानको जवाफी आक्रमण, खामेनेईको अन्त्येष्टिको तयारी
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
-
फेसबुक ह्याक गरी आफन्त बनेर रकम ठगी गर्ने आरोपमा एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण