कपालमा तेल लगाउनुहुन्छ ? नगर्नुहोस् यी गल्ती, नभए फाइदाको सट्टा नोक्सानी
कपालका लागि तेल निकै महत्वपूर्ण मानिन्छ । जसरी स्वस्थ जीवनका लागि हाम्रो शरिरलाई स्वस्थ खानेकुराको आवश्यकता पर्छ, त्यसैगरी बलियो र स्वस्थ कपालको लागि तेल कुनै स्वस्थ खानेकुराभन्दा कम होइन । त्यसकारण हप्तामा दुई पटक कपालमा तेलको प्रयोग अवश्य पनि गर्नुहोस् । तर तपाईंलाई फाइदा पुर्याउने यही तेलले तपाईंको कपाललाई राम्रो फाइदा पुर्याउँदैन ।
तेल लगाउने बेला केही कुरा याद राख्नुपर्छ । यदि यस्तो गर्नुहुन्न भने तेलले त्यो फाइदा पुर्याउँदैन जसको तपाईंलाई आवश्यकता छ । आउनुहोस्, तेल लगाउने बेला ध्यान दिनुपर्ने कुराबारे जानकारी लिऔं ।
नकोर्नेः
तेल लगाउनुभन्दा पहिले के तपाईं पनि कपाल कोर्नुहुन्न ? यस्तो हो भने तेलले तपाईंको कपाललाई फाइदाको साटो नोक्सानी पुर्याउँछ । कपाल नकोरी जब तपाईं तालुमा मसाज गर्नुहुन्छ भने कपाल कमजोर हुन्छ र निक झर्ने गर्दछ । त्यसकारण तेल लगाउनुभन्दा पहिले कपाल राम्रोसँग कोर्नुहोस् ।
कपालको जरामा मात्र तेल लगाउनुः
के तपाईं कपालको जरामा मात्र तेल लगाउनुहुन्छ, यस्तो बिर्सेर पनि नगर्नुहोस् । कपालको जराका साथै अन्त्यसम्म र पूरा कपालभरी तेल लगाउनुहोस् । यसले तपाईंको कपाललाई पूर्ण रुपमा नरम बनाउँछ जसले कपाल बलियो बनाउँछ । तेल लगाएर सधैं मालिस गर्ने कोसिस गर्नुहोस् ।
साधारण तेलको प्रयोगः
के तपाईं सधैं भाँडोबाट तेल खन्याएर सिधै कपालमा लगाउनुहुन्छ । तपाईंको यो बानीले कपाल पूर्ण स्वस्थ हुन पाउँदैन । तेललाई सधैं प्रयोग गर्नुभन्दा पहिले यसलाई हल्का मनतातो गर्नुहोस् । मनतातो तेललाई कपालको जरामा राम्रोसँग सोस्छ जसका कारण कपाल निकै स्वस्थ हुने गर्दछ ।
निकै दह्रोसँग मजाजः
तेल लगाएपछि कपाललाई निकै हल्कासँग मसाज गर्नुहोस् । यसो गर्दा कपाल झर्ने सम्भावना निकै कम हुन्छ । यसका साथै तेल लगाउने बेला औंलाको साटो कपासको सहयोग लिनुहोस् । यसलाई तेलमा डुबाएर जरा र कपालमा लगाउनुहोस् ।
तेल लगाएपछि कस्सिएको जुरोः
तेल लगाएपछि कहिले पनि कस्सिएको जुरो नबनाउनुहोस् । यसले तपाईंको कपालको जरा कमजोर बनाएर कपाल झर्न सहयोग गर्दछ । तेल लगाएर कपाललाई सधैं हल्का तरिकाले बाट्नुहोस् र कम्तीमा पनि ३÷४ घण्टा पछि नै नुहाउनुहोस् । सुत्नुभन्दा पहिले तेल लगाएर सुत्दा रातभरी यसले कपाललाई निकै नरम र स्वस्थ बनाउन सहयोग गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण