घरमा मुसाको आतंकले तनावमा हुनुहुन्छ ? तपाईंको एउटा रौंले गर्नेछ सहयोग
घरमा विशेषगरी भान्छामा मुसाले आतंक फैलाएको हुन्छ जसका कारण घरका सबै सदस्य तनावमा हुने गर्दछन् । मुसाबाट पार पाउनका लागि बजारमा स्प्रे, औषधी आदि इत्यादि ल्याएर त्यसलाई भगाउने गर्दछन् तर केही दिन भित्रै मुसाले भान्छामा डेरा जमाइसकेको हुन्छ ।
मुसा आफूलाई वरिपरिको वातावरण अनुकुल बनाउन सिपालु हुन्छन् । घरमा मुसा हुँदा खानेुकरा, लत्ता कपडा आदि इत्यादि खराब त हुने नै भए । यसका साथै यसले अनेक रोग पनि फैलाउने सम्भावना निम्त्याउँछ । जसमा सबैभन्दा खतरनाक रोग हो रेबिज । यस्ता समस्या निम्तिन नदिन तपाईं केही घरेलु उपायको मद्दत पनि लिन सक्नुहुन्छ जुन निकै सहज र उपयोगी पनि छन् ।
पुदिनाको प्रयोगः
यदि मुसाले तपाईंको घरमा डेरा जमाएको छ भने त्यसका लागि तपाईंले पुदिनाको प्रयोग गर्नसक्नुहुन्छ । मुसा पुदिनाको बास्ना सहन सक्दैनन् । यसका लागि तपाईं पुदिनको तेलमा कपासको टुक्रालाई डुबाएर मुसा आउने ठाउँमा राख्नुहोस् । यसो गर्दा मुसा तपाईंको घर छोडेर भाग्छ ।
कपाल (रौं) को प्रयोगः
घरमा मुसाको आतंक फैलिएको छ भने यसबाट पार पाउनका लागि कपाल (रौं) को प्रयोग गर्नुहोस् । मुसाले मानव कपालको दृष्टि सहन सक्दैन र थुप्रै पटक मुसाले कपाल खाने गर्दछन् जसका कारण मुसा तपाईंको घरबाट भाग्ने गर्दछ ।
फिनाइलको चक्कीः
फिनाइलको चक्कीलाई कपडामा राखेर मुसाबाट बचाउन सकिन्छ । यसो गर्दा मुसा घरभित्र नै आउँदैन ।
रातो खुर्सानीः
रातो खुर्सानी मुसालाई भगाउनका लागि निकै सहयोगी साबित हुन्छ । जहाँबाट मुसा आउँछ त्यहाँ रातो खुर्सानीको पाउडर हाल्नुहोस् ।
प्याजः
प्याजको गन्ध मुसालाई मन पर्दैन । यसको प्रयोग गरेर हामी मुसालाई घरबाट भगाउन सक्छौं ।
तेजपातः
हुन त तेजपातलाई पुलाउ वा विशेष तरकारीमा हालिन्छ तर मुसा भगाउनका लागि पनि यो निकै सहयोगी साबित हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकारहरू फेरबदल गर्ने कांग्रेस–एमाले पूर्वसहमति कार्यान्वयनमा के छ गृहकार्य ?
-
‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित
-
ठमेल पर्यटन विकास परिषद्को निर्वाचन : डङ्गोल र राजभण्डारी समूहबिच प्रतिस्पर्धा
-
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने प्रस्ताव
-
राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित
-
धोबीखोलामा हामफालेकी महिलाको शव बल्खु नजिकै फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण