काठमाडौँमा पञ्जाबी खानाको स्वाद
काठमाडौँ – के तपाईं खानाको सौखिन हुनुहुन्छ ? यदी हुनुहुन्छ भने काठमाडौँमा तपाईंले पञ्जाबी खानाको स्वाद चाख्ने मौका आउँदैछ ।
ह्यात रिजेन्सी काठमाडौंले आयोजित पञ्जाबी फूड फेस्टीबल यही आउँदो मार्च २४ देखि ३१ तारिखसम्म आयोजना गर्दैछ ।
होटलको मासिक खाना परिकार प्रवद्धर्धन अन्तर्गत दिक्याफेमा भव्यताका साथ सम्पन्न हुन गइरहेको छ ।
एक्जुकेटिब सेफसन्तोष कुमार कोराडी आफ्नो कलनरी टिमसँग मिलेर गरेको मेनुको डिजाइनले पाहुनाहरुलाई वास्तविक पञ्जाबी स्वाद दिनेछ ।
फुड फेस्टीबलबाट शाकाहारी एवं मांसाहारी दुवै किसिमका पाहुनाहरुले चयन गर्न सक्ने पञ्जाबी व्यञ्जनका अनेकौँ परिकारहरुको स्वाद लिन सक्ने होटलले बताएको छ । आठ दिने बृहतफूड फेस्टीबलमा वेलकम ड्रिंक देखि मिठाई (डेजर्ट) सम्म विभिन्न प्रकारका स्वादिष्ट पञ्जाबी खानाहरु राखिनेछ ।
केहि मीठा खानाका परिकार मध्ये माछा अमृतसरी, तावाकिमा कलेजी, पटियाला शाही सिकेन, मीनीकोचारी, समोसा चाट, आलु पाप्डी चाट, बदामी सोर्वा, मूर्ग मखनी, रतलामीगोष्ट, राज्मा दाल तथा केशरी जलेबी रहनेछ ।
खाना परिकार प्रवद्धर्धन योजनाअन्तर्गत यो सेवारात्रीभोजको लागिमात्रखुला रहनेछ एवं बेलुकीको ६ः३० देखि १०ः३० सम्म प्रति व्यक्ति ने.रु. २,००० /– करबाहेकको शुल्कहरु लाग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
-
प्रदेश सरकारहरू फेरबदल गर्ने कांग्रेस–एमाले पूर्वसहमति कार्यान्वयनमा के छ गृहकार्य ?
-
‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित
-
ठमेल पर्यटन विकास परिषद्को निर्वाचन : डङ्गोल र राजभण्डारी समूहबिच प्रतिस्पर्धा
-
राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने प्रस्ताव
-
राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण